नगरद्वारा आयोजित निःशुल्क आँखा शिविरमा ७ सय ७५ जनाले गराए आँखा जाँच - Crazysaptahik.com

नगरद्वारा आयोजित निःशुल्क आँखा शिविरमा ७ सय ७५ जनाले गराए आँखा जाँच

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले वडा नं. ५ मा अवस्थित अमरसिंह माविमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
मंगलबार मेची आँखा अस्पताल झापासँगको सहकार्यमा भएको उक्त आँखा शिविरमा पथरीशनिश्चरेका ७ सय ७५ जनाको आँखा जाँच गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।

आँखा जाँच गरिएका मध्ये १ सय जनामा मोतीबिन्दुको समस्या देखिएको थियो । ती मध्ये आज ६० जनालाई निःशुल्क शल्यक्रिया गर्नको लागि मेची आँखा अस्पताल झापा लगिएको छ । उनीहरुको निःशुल्क उपचार गरेर पुनः पथरीशनिश्चरेसम्म ल्याइने नगरपालिकाले जानकारी दिएको छ । यस्तै आँखा जाँच पश्चात् स्थिति हेरेर शिविरमा चश्मा र औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।

सम्बन्धित खवर