तल्लो तहको कमिटी बलियो भए मात्र देशभरि नै एमाले वलियो हुन्छ– उप्रेती - Crazysaptahik.com

तल्लो तहको कमिटी बलियो भए मात्र देशभरि नै एमाले वलियो हुन्छ– उप्रेती


क्रेजी संवाददाता
पथरी । संगठन निर्माण गर्ने तल्लो तहको कमिटी बलियो भएमात्र देश भरि नै नेकपा एमाले वलियो हुने नेकपा एमालेकी केन्द्रीय सदस्य मिना उप्रेतीले बताएकी छन् ।
पथरीशनिश्चरे ३ नम्वर वडाको दोस्रो अधिवेशनको उदघाटनका क्रममा वोल्दै केन्द्रीय सदस्य उप्रेतीले पाटी निर्माण संगै सामाजिक मुद्दालाई वडा कमिटीले नै वोकेर जानु पर्ने तर्क थियो । तल्लो तहवाट गरिएका क्रियकलापले नै पाटीले जस र अपजसको भागी हुनु पर्ने भनाई थियो ।
सोमवार वडा नम्वर ३को उखुवारीमा भएको सम्मेलनको शुभकामना दिदै उप्रेतीले जनता संग गएर अवका पाटी काम गर्नु पर्ने भनाई थियो । सोहि कार्यक्रममा शुभकामना दिदै एमाले प्रदेश कमिटी सचिवालय सदस्य खेम नेपालीले पाटी संगठनको काम गर्न वडा नै भुमिका खेल्नु पर्ने वताए । सोहि कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य किसोर राई, नगर कमिटी उपसचिवद्धय एलभि भण्डारी र रुक्मीणा वजगाई लगायतको उपस्थिीती रहेको थियो । गणेश वाछनाको अध्यक्षतामा भएको कार्यक्रमको संन्चालन अर्जुन काफ्लेले गरेका थिए ।
वडा कमिटी अध्यक्षमा लुइटेल ः
नेकपा एमालेको पथरीशनिश्चरे ३ नम्वर वडा कमिटीको अध्यक्षमा खगेन्द्र लुइटेल सर्वसम्वत चयन भएका छन् । सोमवार भएको दोश्रो वडा अधिवेशनले लुइटेल सहित ११ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

भला रेग्मी उपाध्यक्ष गिरीराज पोख्रेल ‘सिम्पाने’ सचिव अन्जना शिवा र देवराज राईलाई उपसचिवमा सर्र्वसम्वत चयन गरेको हो । वडा कमिटीका सदस्यमा पुस्कर दाहाल,तिर्थ आचार्य,गौरी लिम्बु, ममता फुयल, छत्रवहादुर गेलाल, मदन बहादुर थापालाई सदस्यमा चयन गरेको हो ।

सम्बन्धित खवर