दुवै खुट्टा नभएका बुढामगरले गरे दोस्रो पटक मेरा पिक आरोहण - Crazysaptahik.com

दुवै खुट्टा नभएका बुढामगरले गरे दोस्रो पटक मेरा पिक आरोहण


क्रेजी संवादाता ।
पूर्व ब्रिटिस गोर्खा सैनिक हरिबहादुर बुढामगरले दोस्रो पटक मेरा पिक हिमाल सफल आरोहण गरेका छन् । बुढामगरले सगरमाथा आरोहणको अन्तिम तयारीका लागि दोस्रो पटक मेरा पिक आरोहण गरेका हुन् ।

बुढामगरले गत अप्रिल १६ अप्रिल बिहान ९ः३० बजे ६ हजार ४७६ मिटर अग्लो मेरा चुचुरोको सफल आरोहण गरेका छन् । दुई पटक मेरा पिक चढिसकेपछि खुसी व्यक्त गर्दै न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरे ।

घुँडाभन्दा माथिबाट दुवै खुट्टा गुमाएका डबल एम्प्युटी (दुवै अंगविच्छेदन) बुढामगर सगरमाथा आरोहण गर्ने पहिलो डबल एम्प्युटी व्यक्तिको रेकर्ड राख्न आरोहणको अन्तिम तयारीमा छन् । अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएका उनले साहसिक पर्यटनमार्फत एक पछि अर्को रेकर्ड राख्दै आएका छन् ।

कृत्रिम खुट्टा लगाएर बेलायतको सबैभन्दा अग्लो पहाड चढ्ने पहिलो व्यक्तिको कीर्तिमानी आरोहीबाट आरोहणमा रेकर्ड राख्न थालेका बुढामगर पश्चिम युरोपको सबैभन्दा अग्लो मोन्ट ब्लांक (दुई जनाले सँगै), अफ्रिकाको सबैभन्दा अग्लो किलेमन्जारा र मेरा पिक ६ हजारभन्दा माथि चढ्ने पहिलो व्यक्तिसमेत हुन् ।

बुढामगर सगरमाथा आरोहणका लागि मौसमको अनुकूलता पर्खिएर सगरमाथा आधार शिविरमा बसेका छन् ।

सम्बन्धित खवर