रविको चालकको आज अन्त्येष्टि, मेडिसीटीले भन्यो– दिमागमा जताततै रगत देखियो - Crazysaptahik.com

रविको चालकको आज अन्त्येष्टि, मेडिसीटीले भन्यो– दिमागमा जताततै रगत देखियो


क्रेजी संवादाता ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिँदैछ । लामिछानेका प्रमृुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो । चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।

सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसे पछि हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो । चालक थापाको २ हप्तादेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा आज मिति २०८० साल वैशाख १९ गते मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष श्री रवि लामीछानेका चालक बताइएका वर्ष ३९का श्री दिलबहादुर थापाको दिउँसो १ बजेर ३५ मिनेटमा निधन भएको छ ।

गम्भीर चोट पछि चितवनमा केहि दिन उपचार गरी थापालाई गत वैशाख ५ गते हेलिकप्टरबाट उद्धार गरी नेपाल मेडिसिटीमा थप उपचारका लागि ल्याइएको थियो । नेपाल मेडिसिटी अस्पतालको स्नायु तथा नसा शल्यचिकित्सा विभागका प्रमुख प्रा‍डा गोपालरमण शर्माका अनुसार थापालाई अस्पताल ल्याउँदा अर्थात अतिनै जटिल किसिमको चोट दिमागमा लागी रगत जताततै छरिएको अवस्था रहेको थियो ।

थप जाँचका क्रममा उनको मृगौला, मुटु तथा शरिरका अन्य भागमा समेत असर परिसकेको जानकारी प्राप्त भएको थियो । रक्तचापलाई सन्तुलनमा ल्याउँदै उनको भेन्टिलेटरमा राखी मल्टि डिस्सीप्लीनरी टिमबाट उपचार भइरहेको थियो ।

चिकित्सकको अथक प्रयास र विभिन्न उपचारका बावजुत पनि थापाको स्वास्थ्यमा सुधार नदेखिएको अवस्थाका बीच उनको मंगलबार मृत्यु भएको जानकारी अस्पताले गराउन चाहन्छ ।

सम्बन्धित खवर