वौद्धिक अपाङ्गता कक्षा ५ दिने माला उन्ने तालिम - Crazysaptahik.com

वौद्धिक अपाङ्गता कक्षा ५ दिने माला उन्ने तालिम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा स्थापित श्री पञ्चायत माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता कक्षा ५ दिने माला उन्ने सीपमूलक तालिमको उद्घाटन भएको छ ।
मंगलबार नगर उप–प्रमुख देविमाया काफ्लेले तालिमको व्यानर पढेर उद्घाटन गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आइतकुमारी राई तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरका शिक्षा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्ले, नविन खुलाल, विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, नगरका स्वास्थ्य संयोजक मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो । तालिम वैशाख २३ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.