दुवै मृगौला फेल भएकी पथरीशनिश्चरे ९ की हस्तकुमारी मगर भावुक हुँदै भन्छिन्, मलाई बचाइदिनुस् ! - Crazysaptahik.com

दुवै मृगौला फेल भएकी पथरीशनिश्चरे ९ की हस्तकुमारी मगर भावुक हुँदै भन्छिन्, मलाई बचाइदिनुस् !


ईस्वर दुलाल
पथरी।
दुवै मृगौला फेल भएर पीडित बनेकी पथरीशनिश्चरे ९ की हस्तकुमारी मगर भावुक हुँदै भन्छिन्, मलाई बचाइदिनुस् ! मोरङको पथरीशनिश्चरे ९ निवासी ५१ बर्षीय हस्तकुमारी दुवै मृगौला फेल भएपछि अहिले जीवन मरणको दोसादमा बाँचिरहेकी छन् ।

दुवै मृगौला फेल भएपछि हाल उनको जिवनमा रोगको पडाड उभिएको छ । तर, जीवन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।

चिकित्सकले मृगौला प्रत्यारोपण गरेपछि ठिक हुने सल्लाह दिएपछि अहिले उनी लगात उनका परिवारले सबै सँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । केही भएको पैसा तथा गरगहना पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले हस्तकुमारीको पिडालाई झन् बल्झाईरहेको छ । विगत २ वर्ष देखी डाईलासिस गरेर बसि रहेकी हस्तकुमारीका श्रीमान् गंगाबहादुर मगर ज्याला मजदुरी गर्थे । आफ्नो स्वाथ्यका कारण गर्न नसक्ने भएपछि घरमानै बसी रहेका उनीमाथी बज्रपात थपियो ।

उनीहरुको २ छोराहरु छन् । जेठ्ठा छोरा सनम र कान्छा संगम । आमा बिरामी भए पछि कान्छा छोराले कक्षा १२ देखी आफ्नो पढाईलाई पनि बिट मार्नु पर्यो । आर्थीक अभावका कारण आमाको उपचार गर्ने कि आफ्नो पढाईलाई सुचारु गर्ने ? उनले आफ्नो पढाईलाई पनि त्यागी दिए ।

भनिन्छनि आमा भन्दा राम्री कोहि छैन संसारमा…..। हप्तामा २ पटक बिराटनगर स्तिथ नोबेल मेडिकल कलेजमा डाईलासिस गरिरहेकी आमालाई उनका जेठ्ठो छोरा सनम मगरले मृगौला दिने भएका छन् । तर, मृगौला प्रत्यारोपण गर्नका लागि ठुलो खर्च आउने भएकाले हाल हस्तकुमारीको मृगौला प्रत्यारोपण हुन सकेको छौन ।

उनका श्रीमान्, छोराहरुले यतिबेला सहयोगको अपिल गरिरहेका छन् । हस्तकुमारीको श्रीमान् गंगाबहादुर भन्छन्, मेरी श्रीमतीको ज्यान बचाईदिनुहोला सबैले सहयोग गरिदिनुहोला ।

सहयोग गर्नका लागि राष्ट्रिय बाढिज्य बौंकमा खाता खोलिएको छ । उनका श्रीमान् गंगाबहादुर मगरको नाममा रहेको खाता नम्बर २५६०१००००५२२९०१० मा सहयोग गर्न सम्पूणमा अपिल गरेका छन् ।

सम्बन्धित खवर