आईसीसी वरीयतामा फखरको छलाङ - Crazysaptahik.com

आईसीसी वरीयतामा फखरको छलाङ

पाकिस्तानका ओपनर फखर जमान आठ स्थान माथि उक्लिँदै आईसीसी एकदिवसीय ब्याटिङको वरीयतामा करियरकै उत्कृष्ट दोस्रो स्थानमा उक्लिएका छन् । उनीभन्दा अघि पाकिस्तानकै कप्तान बाबर आजम रहेका छन् ।

न्युजिल्याण्डविरुद्धको पाँच खेलको शृङ्खलामा जमानले रावलपिन्डीमा लगातार शतक बनाएका थिए । दुई खेलमा कप्तान बाबरले क्रमशः ४९ र ६५ रन बनाएका थिए ।

पहिलो एकदिवसीयमा २ सय ८९ रन पछ्याउने क्रममा फखरले १ सय १७ रन बनाएका थिए भने दोस्रो खेलमा उनले १ सय ८० रन बनाउँदा पाकिस्तानले ३ सय ३७ रन सफलतापूर्वक पछ्याएको थियो ।

यसअघि सन् २०२१ को अप्रिलमा उनी वरीयताको सातौँ स्थानसम्म पुगेका थिए । फखर दोस्रो स्थानमा उक्लिँदा दक्षिण अफ्रिका रासी भान डर डुसेन तेस्रो स्थानमा खस्किएका छन् भने भारतका शुभमन गिल चौथो स्थानमा छन् ।

सम्बन्धित खवर