इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो आर्सनल - Crazysaptahik.com

इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो आर्सनल

आर्सनल इङ्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले मंगलबार राति खेलिएको खेलमा चेल्सीलाई ३—१ गोलले हरायो । खेलको पहिलो हाफमै आर्सनलले ३–० गोलको अग्रता लिएको थियो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोलको योगदान गरे । गाब्रियल जिससले पनि टोलीको जितमा एक गोल थपे । चेल्सीका लागि भने एकमात्र गोल नोनी माडुकेले गरेका थिए । खेल सुरु भएको १८औं मिनेटमै मार्टिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

यसैगरी ३१औं मिनेटमा मार्टिनले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । खेलको ३४औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई पहिलो हाफमै ३–० ले अगाडि बढाएका थिए । खेलको ६५औं मिनेटमा चेल्सीका नोनीले एक गोल फर्काएका थिए ।

जितसँगै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले ३४ खेलबाट ७८ अंक जोडेको छ । म्यानचेस्टर सिटी ३२ खेलबाट ७६ अंक बटुल्दै तालिकको दोस्रो स्थानमा छ । चेल्सी ३३ खेलबाट ३९ अंक जोडेर तालिकाको १२औं स्थानमा छ ।

सम्बन्धित खवर