गार्सिया बर्खास्त, लिड्सको प्रशिक्षकमा एलरडाइस नियुक्त - Crazysaptahik.com

गार्सिया बर्खास्त, लिड्सको प्रशिक्षकमा एलरडाइस नियुक्त


लिड्स युनाइटेडले ज्याभी गार्सियालाई बर्खास्त गर्दै साम एलरडाइसलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । लिड्स यतिबेला प्रिमियर लिगमा रेलिगेसनबाट जोगिन संघर्षरत छ । गार्सिया गत फेब्रुअरीमा मात्र क्लबको म्यानेजरमा नियुक्त भएका थिए ।

नियुक्त भएको मात्र १० हप्तामा १२ खेलको नेतृत्व लिएपछि उनी बर्खास्त भए । इंग्ल्याण्डका पूर्व म्यानेजर एलरडाइसलाई अब बाँकी चार खेलबाट १७ औँ स्थानमा रहेको लिड्सलाई रेलिगेसनबाट जोगाउनु पर्ने जिम्मेवारी रहेको छ ।

टोली गोलअन्तरको आधारमा मात्र सो क्षेत्रबाहिर रहेको छ । उनको नेतृत्वमा टोलीले शनिबार म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

सम्बन्धित खवर