भिमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु - Crazysaptahik.com

भिमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


क्रेजी संवादाता ।
मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई सो मोटरसाइकल दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी पर्सौनी नगरपालिका–५ बाराका २५ वर्षीय लाल बाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ । मृतक दुबैजनाको शव हेटौँडा अस्पतालमा राखिएको छ ।

सम्बन्धित खवर