इङ्लिस प्रिमियर लिग : ब्राइटनसँग युनाइटेड स्तब्ध - Crazysaptahik.com

इङ्लिस प्रिमियर लिग : ब्राइटनसँग युनाइटेड स्तब्ध

जारी सिजनको इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले आठौं हार ब्यहोरेको छ । प्रिमियर लिगको पछिल्लो खेलमा बिहीबार राति म्यानचेस्टर युनाइटेडलाई ब्राइटनले १–० गोलले पराजित गर्यो ।

यी दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । त्यसैले पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पनि गोलका लागि दर्शकले अन्तिम समयसम्म प्रतिक्षा गर्नु पर्यो । दोस्रो हाफको अन्तिम समयमा घरेलु टोली ब्राइटनले गोल गर्यो ।

ब्राइटनका लागि एलेक्सिस म्याक एलिस्टरले निर्णायक गोल गरेका हुन् । उनले खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । म्यानचेस्टर युनाइटेड ३३ खेलबाट ६३ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ ।

ब्राइटन भने ३२ खेलबाट ५५ अंक बटुल्दै तालिकाको छैटौं स्थानमा आसिन छ । प्रिमियर लिग तालिकाको पहिलो स्थानमा भने म्यानचेस्टर सिटी रहेको छ । म्यान सिटीले ३३ खेलबाट ७९ अंक जोडेको छ । दोस्रो स्थानमा आसिन आर्सनलको ३४ खेलबाट ७८ अंक छ ।

सम्बन्धित खवर