पथरी बहुमुखी क्याम्पसको १५ औं क्याम्पस सभा - Crazysaptahik.com

पथरी बहुमुखी क्याम्पसको १५ औं क्याम्पस सभा


क्रेजी संवाददाता
पथरी।
मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी बहुमुखी क्याम्पसको आज १५ औं क्याम्पस सभा समापन भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद सुनिल शर्मा, पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापो, संविधानसभा सदस्यद्वय चण्डीप्रसाद राई र लालबहादुर सुस्लिङ मगर लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमलाई समापन गर्दैै सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतले आफूहरु सञ्चालक समितिमा आएपछि क्याम्पसमा छात्राबास, कबर्ड हल लगायतको योजना पेस गरिएको जानकारी गराउनुभयो ।

वि.सं. २०६४ भदौदेखि विधिवत रुपमा स्थापित क्याम्पसमा ७० लाख भन्दा बढी घाटामा रहेको सञ्चालक समितिले जनाएको छ । सभामा निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर), वडा अध्यक्षहरु भीमकुमार राई, लोककिरण न्यौपाने, समाजसेवी युवराज बास्कोटा, नेपाली कांग्रेस नगर सभापति रुपनारायण भट्टराई, एमाले अध्यक्ष रमेश दाहाल, माओवादी केन्द्रका नगर अध्यक्ष गोबिन्द कटुवाल, नेकपा (एस)का अध्यक्ष तुलसी ढकाल, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी, स्ववियु सभापति केशर राई लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा भरतमोहन अघिकारी स्मृति फाउण्डेशनको तर्फबाट टिकाराम गौतमले अक्षयकोष स्थापनाका लागि ३ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । सभामा क्याम्पसका दुई संकायमा क्याम्पस टपर जमुना लिम्बु र अमृता बराइलीलाई क्याम्पसको तर्फबाट सम्मान गरिएको छ ।

सम्बन्धित खवर