बाल साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा - Crazysaptahik.com

बाल साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोलिदेखि सुरु हुने बाल साहित्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ ।
कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा हुने महोत्सव पथरीशनिश्चरे–१ मा स्थापित पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ । महोत्सव भोलिदेखि ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।


महोत्सव उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापोको रहनेछ भने १० वटै वडाका वडाध्यक्षहरु अथितिको रुपमा उपस्थिति रहने कला साहित्य प्रवद्र्धन समितिका अध्यक्ष धनराज राई (अमिर)ले जानकारी दिनुभयो ।

महोत्सवमा नियमित नाटक प्रदर्शन, चित्रकला कार्यशाला, साहित्य लेखन कार्यशाला, मूर्तिकला कार्यशाला, हस्त लेखन कार्यशाला, वाककला कार्यशाला, पुस्तक प्रदर्शनी, खाद्य स्टलहरू, विज्ञान प्रदर्शनी, लोकवाजा प्रदर्शनी, भेषभुषा प्रदर्शनी, स्वास्थ्य शिविर, चेस लगायत खेलकुद गतिविधि तथा विभिन्न स्टलहरू रहने बताइएको छ । बाल साहित्य महोत्सवमा प्रवेश निःशुल्क रहनेछ ।

उद्घाटन कार्यक्रम झाकी सहितको हुनेछ । यस्तै सो कार्यक्रममा पथरीशनिश्चरेमा रहेर कला साहित्यमा योगदान पु¥याउनुहुने प्राज्ञ सरोजा खड्कीलाई नगद २५ हजार सहित सम्मान गरिनेछ ।
महोत्सवको अन्तिम दिन कार्यशालामा सहभागीहरुका उत्कृष्ट कलाहरुको प्रर्दशनी पनि गरिनेछ ।

सम्बन्धित खवर