राजस्थानसँग गुजरातको बदला, प्लेअफ नजिक - Crazysaptahik.com

राजस्थानसँग गुजरातको बदला, प्लेअफ नजिक

इन्डियन प्रिमियर लिगको ४८ औँ खेलमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ । लिगमा राजस्थानमाथि गुजरातको यो चौथो जित हो।

यो जितसँगै हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको टोलीले घरेलु मैदानमा राजस्थानसँगको हारको बदला लिएको छ । पछिल्लो खेलमा राजस्थानले गुजरातलाई अहमदाबादमा ३ विकेटले पराजित गरेको थियो ।

चालू सिजनमा गुजरातको सातौँ जित पनि हो । टोलीको १४ अंक छ र गुजरात प्लेअफ प्रवेश गर्न एक जित टाढा छ। सवाईमान सिंह रंगशालामा टस जितेर ब्याटिङ रोजेको राजस्थानको टोली १७.५ ओभरमा ११८ रनमा अलआउट भयो।

गुजरातले १३.५ ओभरमा मात्र एक विकेट गुमाएर ११८ रनको लक्ष्य पुरा गरेको थियो । लगातार विकेट गुमाएपछि राजस्थानको टोलीले ठूलो स्कोर बनाउन सकेन । टोलीले सिजनको सबैभन्दा सानो स्कोरमा सीमित बन्यो ।

राजस्थानका लागि सञ्जु सैमसन (३० रन) मात्रै केही समय टिक्न सके । रसिद खानले ३ विकेट लिए भने नूर अहमदले २ विकेट लिए । उता जवाफी ब्याटिङमा उत्रेको गुजरातका लागि ओपनर वृदिमान साहाले ४१, कप्तान हार्दिक पाण्डेयले ३९ र शुभमन गिलले ३६ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चहलले एक मात्र विकेट लिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.