साविक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग २०२३ को प्लेअफमा प्रवेश गरेको छ । टोली चालू सिजनको प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातको टोलीले ५१ औं खेलमा लखनउ सुपरजायन्ट्सलाई ५६ रनले पराजित गयो ।
लखनउमा गुजरातको यो लगातार चौथो जित हो। यो सिजन गुजरातले आठौँ जित हात पारेको छ । अहिले टोलीको १६ अंक छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा लखनउले टस जितेर बलिङ रोजेको हो ।
पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २२७ रन बनाएको थियो । जवाफमा लखनउका ब्याट्सम्यानले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सके ।गुजरातका लागि ओपनर शुभमन गिलले अविजित ९४ र ऋद्धिमान साहाले ८१ रन बनाए । लखनउका लागि मोहसिन र आवेशले एक एक विकेट लिए ।
जवाफमा क्वीनटन डिककले ७० र काइल मेयर्सले ४८ रन बनाएपनि लखनउलाई जीतसम्म डोयाउन सकेनन् । आयुष बडोनीले २१ रन जोडे। मोहित शर्माले चार विकेट लिए । मोहम्मद सामी, राशिद खान र नूर अहमदले एक एक विकेट लिए ।