डि गेयाको गल्तीमा वेस्ट हामसँग जिल्लियो युनाइटेड - Crazysaptahik.com

डि गेयाको गल्तीमा वेस्ट हामसँग जिल्लियो युनाइटेड

हालसम्म २० पटक उपाधि जितिसकेको म्यानचेस्टर युनाइटेडले जारी सिजनको इङ्लिस प्रिमियर लिग फुटबलमा भने अर्को खराब नतिजा ब्यहोरेको छ । आइतबार राति खेलिएको खेलमा वेस्ट हाम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई १—० गोलले हरायो ।

वेस्ट हामको जितमा सइद बेनरहमा नायक बने भने युनाइटेडका गोलकिपर डेभिड डि गेया खलनायक । डि गेयाको गल्तीको फाइदा उठाउँदै बेनरहमाले खेल सुरु भएको २७औँ मिनेटमा गोल गर्दै घरेलु समर्थकलाई खुसी बनाए ।

हारका बाबजुद म्यानचेस्टर युनाइटेड अङ्क तालिकाको चौथो स्थानमा यथावत् छ । म्यानचेस्टर युनाइटेडले ३४ खेलबाट ६३ अङ्क बटुलेको छ । म्यानचेस्टर युनाइटेडले उपाधि जित्ने सम्भावना भने यसअघि नै समाप्त भइसकेको छ ।

वेस्ट हाम ३५ खेलबाट ३७ अङ्क जोड्दै तालिकाको १५औँ स्थानमा आसीन छ । जारी सिजनको इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनल उपाधि होडमा देखिएका छन् । म्यानचेस्टर सिटीले ३४ खेलबाट ८२ र आर्सनलले ३५ खेलबाट ८१ अङ्क जोडेका छन् ।

म्यानचेस्टर युनाइटेडले सन् २०१२÷१३ सिजनपछि प्रिमियर लिगको उपाधि चुम्न सकेको छैन । म्यानचेस्टर सिटी भने प्रिमियर लिगको साबिक विजेता क्लब हो ।

सम्बन्धित खवर