ए डिभिजन लिगमा आजदेखि १६ औं चरणको खेल सुरु - Crazysaptahik.com

ए डिभिजन लिगमा आजदेखि १६ औं चरणको खेल सुरु

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । जारी लिगको १६औँ चरणका खेलको सुरुवाती खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटार तथा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

सोमवार च्यासल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

जारी लिगको १५औँ चरणका खेल सम्पन्न हुदाँ फ्रेण्ड्स क्लब १६ अंकसहित १३ औँ स्थानमा छ भने खुमलटार १७ अंकसहित १२औँ स्थानमा छ । यसैगरी दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब आमुने सामुने हुनेछ ।

सो खेल एन्फा क्लब सातदोबाटोमा हुनेछ ।जारी लिगमा पुलिस १५ अंकसहित पुच्छरमा छ भने मनाङ मर्स्याङ्दी १९ अंकसहित आठौँ स्थान रहेको छ ।

सम्बन्धित खवर