बाल साहित्य महोत्सवः दोस्रो दिनले पनि पायो अपार मायाँ - Crazysaptahik.com

बाल साहित्य महोत्सवः दोस्रो दिनले पनि पायो अपार मायाँ



क्रेजी संवाददाता
पथरी।
मोरङको पथरीशनिश्चरेमा जारी बाल साहित्य महोत्सवको दोस्रो दिन पनि भव्यताका साथ सम्पन्न भएको छ । कला साहित्यको माध्यमद्वारा नगरलाई चिनाउने उद्देश्यका साथ बाल साहित्य महोत्सव २०८० पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा संचालन भएको हो ।

दोस्रो दिन नाटककार तथा साहित्यकार भरत गुरागाईँले साहित्य कार्यशाला, क्रमशः सुगम दुलालले नाटक कार्यशाला, विवेक न्यौपाने वाककला कार्यशाला, लिलानाथ पौडेल र पुष्प राई संगीत कार्यशाला, दिपक दियालो र सन्तोश राई मूर्तिकला कार्यशाला, शंभ्भुराज घिमिरे हस्तलेखन कार्यशाला, भिम पुरी र अभिशेक दाश चित्रकला कार्यशाला र राम बि.क.ले नृत्यकला कार्यशालामा प्रशिक्षण दिनु भएको कला साहित्य प्रवद्र्धन समितिका अध्यक्ष धनराज राईले (अमिर) जानकारी दिनुभयो ।

महोत्सवमा नियमित रुपमा नाटक प्रदर्शन, चित्रकला कार्यशाला, साहित्य लेखन कार्यशाला, मूर्तिकला कार्यशाला, हस्त लेखन कार्यशाला, वाककला कार्यशाला, पुस्तक प्रदर्शनी, खाद्य स्टलहरू, विज्ञान प्रदर्शनी, लोकवाजा प्रदर्शनी, भेषभुषा प्रदर्शनी, स्वास्थ्य शिविर, चेस लगायत खेलकुद गतिविधि तथा विभिन्न स्टलहरू रहेका छन् ।

उक्त महोत्सवमा बालबालिकाहरुका लागि निःशुल्क बाल शहित्य पुस्तकहरु अध्यान गर्ने र आफु भित्र रहेको ललितकला (चित्रकला)लाई प्रस्तुत समेत गर्न पाउने छन् । जसमा सृजना घर बेलबारीले निःशुल्क स्टलको रुपमा संचालन गरेको छ ।

महोत्सवमा नियमित रुपमा जिवन बराल निर्देशित दातँको डोब नामक नाटक मंचन हुने छ । त्यस्तै आज दोस्रो दिन भने कदम थिएटरको संयोजनमा सर्बोदय ईङेलिस बोडिङ स्कुलले दिपक खरेल र मनिक शंखरले निर्देशन गरेको गाई कि त्रीशुल नामक नाटक मंचन गरेको थियो ।

महोत्सवमा विभिन्न विद्यालका बालबालिका, शिक्षक तथा अभिभावकको बाक्लो उपस्तिथि रहेको थियो । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा  कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा भएको सो महोत्सव वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित खवर