पथरीशनिश्चरेमा बाल साहित्य महोत्सव समापनः प्राज्ञ खड्गी सम्मानित - Crazysaptahik.com

पथरीशनिश्चरेमा बाल साहित्य महोत्सव समापनः प्राज्ञ खड्गी सम्मानित

क्रेजी संवाददाता
पथरी। कला साहित्य प्रवर्द्धन समितिको आयोजना तथा पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा आयोजित बाल साहित्य महोत्सव २०८० समापन भएको छ । बैशाख २४ गते देखी संचालनमा रहेको बाल साहित्य महोत्सव शनिबार समापन भएको हो ।

समापन कार्यक्रममा कार्यशालामा सहभागि बालबालिकाहरुले आफ्नो प्रस्तुतिहरु पस्किएका थिए । सात दिने कार्यशालामा गीत संगीत, साहित्य, चित्रकला , हस्तलेखन , नाटक, सेरामिक माटोका सामानहरू, नृत्य लगायतका विभिन्न विधामा कार्यशालामा नगरभित्रका ७३ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आ–आफ्नो प्रतिभा र कलामा निखार्न सफल भएका थिए ।

उक्त अवसरमा पथरीशनिश्चरे–२ मा रहेको रेडस्टार माविका विद्यार्थीहरूले “हाम्रो पथरीशनिश्चरे“ बोलको नृत्य प्रस्तुत गरेका थिए भने द संकल्प बेण्डले सुन्दर गीतहरु प्रस्तुत दिएको कार्यक्रममा सम्वन्धित विधाका सर्जगहरूले विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कला साहित्य तथा संस्कृतिको संरक्षण संवर्द्धन गर्न सहजीकरण गरिएको आयोजकले जनाएको छ ।

कला प्रवर्द्धन समितिको अध्यक्ष धनराज राई ( अमीर)को सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरका नगरप्रमुख मोहनप्रसाद तुम्वापोले (नगरले आगामी दिनहरुमा पनि यस्तो साहित्य र कला संस्कृति क्षेत्रमा सक्दो सहयोग पुर्याउने विश्वास दिलाउनु भयो । उहाँले भन्नु भयो कला र साहित्यको क्षेत्रमा यो कार्यशालाले बाल बालिकाहरूको प्रतिभा तिखारेको मैले महशुस गरेको छु । विभिन्न विधागत रूपमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई प्रमुख अतिथि तुम्वापो र अध्यक्ष राईले कदर पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा वडाध्यक्ष नैना राई, वडा नम्बर ४ का लोक नाथ न्यौपाने ,स्ववियु सभापति – केशर राई, गोपाल प्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार द्वारा पुरस्कृत रंगकर्मी तथा साहित्यकार भरत गुरागाईं ’बर्बरीक’, पथरी बहुमुखी क्याम्पस प्रमुख शान्तिराम तिम्सिना , एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संचालक रविन कन्दङ्वा, गोरखा पत्रिकाकी भाषा संपादक तथा साहित्यकार ममता मिर्दुलले पथरी बहुमुखी क्याम्पसमा नवगठित साहित्यिक मञ्चलाई साहित्यिक पुस्तक निःशुल्क प्रदान गर्नुभएको थियो ।

यसैगरी, पथरी बहुमुखी क्याम्पसमा साहित्यकार लक्ष्मी प्रसाद फुयालको अध्यक्षतामा बसेको बैठकले धनश्याम प्रसाईंको अध्यक्षतामा ११ सदस्यीय साहित्यिक मञ्च पनि गठन भएको छ ।

सोहि क्रममा ललित कला शिक्षक सञ्जु थापा मगरले नगरप्रमुख मोहनप्रसाद तुम्वापोको आकृति चित्रमा उतारेका थिए । शब्द थिएटर र कदम थिएटका नाट्यकर्मीहरु जीवन बराल, सुमन बराल, सिजन दाहाल सहितको रंगकर्मीहरूको टिमले ’चौतारी’ नाटक मञ्चन गरेका थिए ।

कार्यक्रममा प्राज्ञ सरोजा खड्गी सम्मानितः
समापनकार्यक्रममा प्राज्ञ सरोजा खड्गी सम्मान हुनुभएको छ । पथरी शनिश्चरे नगरपालिकाले यस वर्षको स्रष्टा सम्मानबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवम् चित्रकार सरोजा खड्गी सम्मानित हुनु भएको हो ।

प्राज्ञ खड्गीलाई पथरीशनिश्चरे नगरका प्रमुख मोहनप्रसाद तुम्वापोले दोसल्ला ओढाएर सम्मानित गर्नुभएको थियो । उहाँलाई नगद २५ हजार रुपैयाँ सहित सम्मान भएको थियो । प्राज्ञ खड्गीले चित्रकलाको थप प्रवर्दनका लागि सहयोग पुगोस भनेर उक्त सम्मान रकमलाई एभरेष्ट आर्ट फ्यूजनका अध्यक्ष भूमिप्रसाद पाठकलाई चेक हस्तान्तरण गर्नु भएको थियो ।

 

 

सम्बन्धित खवर