पथरी शनिश्चरेमा धुमधाम साकेला (फोटो फिचर) - Crazysaptahik.com

पथरी शनिश्चरेमा धुमधाम साकेला (फोटो फिचर)

क्रेजी संवाददाता
पथरी । मंगलबार पथरीशनिश्चरे १ मा स्थापित साकेला थानमा येले सम्वत ५०८३ को अवसरमा आयोजित साकेला शिली प्रतियोगितामा धुमधाम साकेला नृत्य प्रस्तुत गरिएको छ ।

किरात यायोक्खा पथरी शनिश्चरेले आयोजना गरेको सो कार्यक्रममा बेलबारी, कानेपोखरी, पथरी शनिश्चरे, उर्लावारी, लेटाङ, दमक लगायतका विभिन्न क्षेत्रबाट सक्रिय सहभागिता जनाउने १० बढी साकेला शिली समूहहरूले आफ्ना प्रस्तुति पस्केका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो, विशिष्ट अतिथि किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक राई, पथरीशनिश्चरे वडा नं. २ का वडा अध्यक्ष नैना राई, किराया कार्य समिति पथरीशनिश्चरेका अध्यक्ष प्रेम कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सदस्य नरहाङ राई, मोरङको जिल्ला अध्यक्ष केदार चाम्लिङ राई, मोरङ जिल्ला सचिव काशिहाङ राई, कला साहित्य प्रवद्धन समिति पथरीशनिश्चरेका अध्यक्ष धनराज राई (अमिर) लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर