पथरीमा बजाजले ल्यायो अफर नै अफर - Crazysaptahik.com

पथरीमा बजाजले ल्यायो अफर नै अफर

क्रेजी संवाददाता
पथरी।
मोरङको पथरीशनिश्चरे १ मा स्थापित दिपकला इन्टरप्राईजेजले बजाजको बाईकमा अफर नै अफर ल्याएको छ । २०७२ सालदेखी आफ्नो सेवामा निरन्तर लागिरहेको इन्टरप्राइजेजले यस पटक पनि निक्कै अफरहरु ल्याएर ग्राहकको मन जिति रहेको छ ।

दिपकला इन्टरप्राईजेजले मंगलबारे, कानेपोखरी, लेटाङ, जाते, बेलबारी, हसहन्द,अमरदह र डाईनियालाई आफ्नो कार्यक्षेत्र बानाई पथरी मन्दिरलाईन बाट सेवा प्रवाह गरिरहेको हो । यसले वर्षमा लगभग ५०० वटा बजाज कम्पनिका मोटर साईकलहरु बिक्रिवितरण गर्दै आईरहेको छ ।

मर्मत सामाग्री(स्पेरियल पार्टस्) जहाँसुकै तुरुन्त प्राप्त गर्न सकिने भएकाले र आरामदायि याात्रामा सहजता हुने भएकाले बजाजको मोटरसाईकलहरु ग्राहकको रोजाईमा पर्न सफल भएको सागर खनाल बताउनु हुन्छ । उहाँ लामो समय देखी बजाज कम्पनिको बाईक चलाउदै आउनु भएको हो ।

उसो त बजाज कम्पनिले समय अनुसार आफ्नो ग्राहाकहरुलाई विभिन्न किसिमका स्किमहरु प्रदान गर्दै आई रहेकोले पनि सो बाईक ग्राहाकको मन मस्तिस्कमा पर्न सफल भएको हो । दिपकला इन्टरप्राईजेजले हालै मात्र बजाज कम्पनिको १०० सिसि देखी १ सय २५ सिसि सम्मको बाईक किन्दा १सय ९२ लिटर आट्ने सैमसंग कम्पनिको फ्रिज उपहार दिने स्किम चलाइ रहेको छ । त्यस्तै गरि १ सय २५ सिसि देखी माथीका बाईकहरुमा दशहजार क्यास ब्याक प्राप्त गर्ने छन्, भने हरेक हप्ता लक्कि ड्रमार्फत भग्य सालि बिजेताले १ केजी चाँदि प्राप्त गर्ने छन् ।

जस अन्तरगत हालै मात्र मोरङ पथरीशनिश्चरेका सूर्यबहादुर कट्वालले १ सय ५० सिसिको पल्सर बाईक किन्दा १ केजी चाँदि लक्कि ड्र मार्फत प्राप्त गर्नुभएको थियो । सो लक्कि ड्रको बिजेता घोषणा प्रत्येक हप्ताको आईतबार बजाज नेपालको अफिसियल पेज मार्फत गरिने छ ।

दिपकला इन्टरप्राईजेजमा प्लाटिना १००, डिस्कबर १२५, पल्सर १२५, पल्सर एन एस १२५, पल्सर १५० सिङ्गल र डबल डिक्स, एभेन्जर १६०, एभेन्जर स्टिट् १६०, पल्सर १६० एन, पल्सर २०० एनएस (एबिएस र एफआईएबिएस्, पल्सर २२० एफ(एबिएस्), एभेन्जर २२० क्रुज, पल्सर २५० एन, जेमिना २५० बाईकहरु उपलब्ध रहेको छ ।

सम्पूर्ण बाईकमा ५ वर्ष सम्मको वारेन्टि रहेको छ । जस अन्तगत ग्राहकले २५ वटा सर्भिसिङ प्राप्त गर्ने दिपकला इन्टरप्राईजेजका मेनेजिङ डाईरेक्टर अमिस पौडेलले जानकारी दिनुभयो । अफरहरुको जानकारी दिदै उहाँले भन्नु भयो, जुनसुकै ब्राण्डका मोटरसाईकलहरुको प्रचलित मुल्य भन्दा १० हजार थप गरि एक्सेन्जको सुविधा रहेको जानकारी दिनु भयो ।
सो इन्टरप्राईजेजमा फाइनान्सको सुबिधा समेत रहेको छ । जसमा २५, ३५ र ५० प्रतिशत डाउन पेमेन्टमा बाईक खरिद गर्न सक्नेछन् ।

सम्बन्धित खवर