भुटानी शरणार्थी शिविरमा विरोध र्याली - Crazysaptahik.com

भुटानी शरणार्थी शिविरमा विरोध र्याली


क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नं. १० मा अवस्थित भुटानी शरणार्थी शिविरमा ‘नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न सबै अपराधीलाई कारबारी गर’ भन्दै विरोध ¥याली निकालिएको छ ।

आज वाई.एफ.सी. पथरीशनिश्चरे क्याम्पको आयोजनामा सो शान्तिपूर्ण ¥याली निकालिएको हो । व्यानरमा लेखिएको थियो– ध्यानाकर्षण तथा शान्तिपूर्ण विरोध ¥याली कार्यक्रम, भुटानी शरणार्थीलाई न्याय देउ’ ।¥यालीले शिविर क्याम्प परिक्रमा गरी शिविर डाँडामा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सामाजिक अभियन्ताहरु प्रदिप कुमार राई, राम बानिया र शान्ति पाख्रिनले सम्वोधन गर्नुभएको थियो ।

सम्बन्धित खवर