सिरिजंगा स्मृती धार्मिक वनको अध्यक्षमा चोङवाङ सर्वसम्मत - Crazysaptahik.com

सिरिजंगा स्मृती धार्मिक वनको अध्यक्षमा चोङवाङ सर्वसम्मत



क्रेजी संवाददाता
पथरी।
सिरिजंगा स्मृती धार्मिक वनको अध्यक्षमा डम्बर फागो चोङवाङ निविरोध चयन हुनुभएको छ । पथरीशनिश्चरे १० मा स्थापित वनको छैठौं चुनावी साधारणसभाले चेम्जोङलाई निविरोध चयनगरेको हो ।

त्यस्तै उपाध्यक्षमा सन्जु सिंङगक लिम्बु, सचिव मानप्रसाद लिम्बु, सहसचिव भवानी विक्रम तुम्वापो, कोषध्यक्ष इन्द्रकुमारी लिम्बु, सदस्यहरु क्रमशः सर्मिला लिम्बु चोङवाङ, शुक्रमायाँ सम्वाहाम्फे लिम्बु, पर्शु चोङवाङ लिम्बु, उपेन्द्र मादेन, विकल जवेगु, रोशन मादेम्बा लिम्बु, मनबहादुर लिम्बु, धनकुमार लिम्बु, वकिलमान थेवे, अशोक नाल्वो र लेखा संयोजकमा धनप्रसाद साम्वा लिम्बु निर्विरोध चयन हुनुभएको हो । कमिटिले केही दिनमा २ जना सदस्य मनोनित गर्ने नव निर्वाचित अध्यक्ष डम्बर फागो चोङवाङले जानकारी दिनु भयो ।

बुधबार भएको कार्यक्रममा पदाधिकारीहरुको नामवली सार्वजनिक गरि पदाधिकारीहरुलाई निर्वाचन मण्डलका संयोजक देवेन्द्र वनेमले सफत ग्रहण गराउनु भएको थियो ।

सम्बन्धित खवर