नव गायक सागर दाहालको ‘आइ एम जष्ट योर लभ’ सार्वजनिक - Crazysaptahik.com

नव गायक सागर दाहालको ‘आइ एम जष्ट योर लभ’ सार्वजनिक

क्रेजी संवाददाता
पथरी।
नवगायक सागर दाहालको पहिलो गीत ‘आई एम जष्ट योर लभ’ सार्वजनिक भएको छ ।
शुक्रबार हाउस अफ आर्ट नामक यूट्युव च्यानलबाट म्यूजिक भिडियोसहितको गीत सार्वजनिक भएको हो ।

नव गायक दाहालकै शब्द र संगीत रहेको गीतमा कलारकारहरु काजोल कार्की, रमेश भट्टराई, आरती बस्नेत, निशा दाहाललगायतको अभिनय देख्न सकिन्छ ।

युवा अवस्थाको प्रेम कथालाई समेटेर तयार पारिएको गितमा एकोहोरो माया गरेर ब्यक्त गर्न नसक्दाको परिणाम दृश्यमा देखाईएको छ । क्षितिज कोइरालाको निर्देशनमा रहेको उक्त गीतको एरेन्ज भने दिपेन थापा (स्मृती ब्याण्ड) ले गरेको हो ।

गीत सार्वजनिक भएसँगै गायक दाहालले आफ्नो पहिलो प्रयासलाई दर्शकले मन पराईदिएर हौसला प्रदान गर्ने विश्वास लिएका छन् ।

भिडियोः

सम्बन्धित खवर