मिस नेपाल वल्डको उपाधि श्रीच्छालाई - Crazysaptahik.com

मिस नेपाल वल्डको उपाधि श्रीच्छालाई

मिस नेपाल वल्र्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार भएको अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।

उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिएकी छिन् । प्रधान काठमाडौँकी हुन् । उनी लिबरल आर्टस÷सासाइन्स मा स्नातक छिन् ।

यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् । दाङकी मजगैया कमर्सियल पाइलट हुन् भने ललितपुरबाट प्रतियोगी शाह वातावरण विज्ञानमा स्नातक हुन् । उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी पनि हुन् ।

गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा अभया सुब्बाले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

सम्बन्धित खवर