द भ्वाईस नेपालका विजेता विनोदलाई रेडस्टारको सम्मान - Crazysaptahik.com

द भ्वाईस नेपालका विजेता विनोदलाई रेडस्टारको सम्मान

क्रेजी संवाददाता
पथरी । द भ्वाइस अफ नेपाल सिजन ५ का विजेता विनोद राईलाई रेडस्टारले सम्मान गरेको छ । मोरङको पथरी शनिश्चरे–२ मा मा स्थापित रेडस्टार माध्यमिक विद्यालयले एक औपचारिक कार्यक्रमका बिच शुक्रबार सम्मान गरेको हो ।
विद्यालयले कक्षा–१२ का विद्यार्थीलाई विदाइ गर्दै हिसान प्रि बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई समेत मेडल र प्रमाण पत्रले सम्मान गरेको हो ।
कार्यक्रममा पथरीशनिश्चरे नगर शिक्षा शाखा अधिकृत नविन खुलाल प्रमुख अतिथि रहनुभएको थियो । रेडस्टारले राजयले निर्दिष्ट गरेका मापदण्ड पुरा गरेर समाजको अब्बल शिक्षाको केन्द्रका रुपमा अगाडी बढेको भन्दै शुकामना व्यक्त गर्नुभयो ।
समाजमा बिक्ने जनशक्ति उत्पादन गर्न रेडस्टार लागि परेको विद्यालयका प्रिन्सिपल टेकनाथ (टिएन) तिम्सिनाले बताउनुभयो । नयाँ शैक्षिक सत्रबाट व्यवहारिक ज्ञान समेत दिनेगरी विद्यालयले तयारी गरेको तिम्सिनाले बताउनुभयो ।
कार्यक्रममा सम्मानित बिनोद राईले गायन प्रस्तुत गर्नुभयो । विद्यालयका तर्फबाट पनि गायन तथा नृत्य सहितका सांस्कृतिक कोशेलीहरु प्रस्तुत गरिएको थियो । रेडस्टार माविले स्नातक तहमा ऋतम्भरा कलेज पनि सञ्चालन गरिरहेको छ ।

सम्बन्धित खवर