सुनाखरी माविमा नेपाल स्काउट दीक्षान्त समारोह तथा सम्मान कार्यक्रम - Crazysaptahik.com

सुनाखरी माविमा नेपाल स्काउट दीक्षान्त समारोह तथा सम्मान कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे–१ मा स्थापित सुनाखरी माध्यमिक विद्यालयमा २ दिनसम्म सञ्चालन भएको नेपाल स्काउट दीक्षान्त समारोहको सोमबार समापन भएको छ ।
नगरपालिका भित्रको सामुदायिक विद्यालयहरु मध्ये पहिलो पटक सुनाखरी माविमा आइतबार समारोहको उद्घाटन गरिएको थियो । स्काउट दीक्षान्त समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप कुमार राई सभापतित्व र वडा न. १ का वडा अध्यक्ष भिमकुमार राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सुनाखरी स्काउटबाट मार्चपास, सम्मान कार्यक्रम र पूर्व विद्यार्थीहरुबाट विद्यालयलाई ७६ हजारको चेक हस्तान्तरण गरिएको थियो । यसैगरी कार्यक्रममा पूर्व नगर प्रमुख दिलिपकुमार राई (किशोर), नगरपालिकाको शिक्षा शाखा अधिकृत नविन खुलाल, पञ्चायत माविका प्रधानाध्यपक अर्जुन बुढाथोकी, इप्रका पथरीका प्रमुख गणेश बहादुर श्रेष्ठ, स्काउट नगर संयोजक रोशन बुढाथोकी, शिक्षक अभिभावक अध्यक्ष उपेन्द्र मादेन, रमेश दाहाल, रुपनारायण भट्टराई, तुलसी ढकाल, जनप्रतिनिधीहरु, पथरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष धनकुमार तामाङ, हिरक आधारभुत प्रधानाध्यापक कविता तिम्सिना भण्डारी, पूर्व प्रधानाध्यापक देउमान सम्बाहाम्फे लगायतको सहभागिता रहेको थियो ।
स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक गुणस्तरको विकासमा मद्दत पु¥याउने हेतुले ६ महिनासम्म स्काउटको कार्यक्रम संचालन गरेर दीक्षान्त समारोहको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्र घिसिङले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.