आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको समापन - Crazysaptahik.com

आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको समापन

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा भएको तीन दिने आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको आज समापन भएको छ ।
‘विश्व भरिको आदिवासी जनजाति एक हौं ।’ भन्ने मूल नाराको साथ नेपाल आदिवासी जनजाति महासंघ १० नं. वडा समन्वय परिषद्ले कार्यशालाको आयोजना गरेको थियो । सिन भिलेज पार्टी प्यालेसमा जेठ १३ देखि आजसम्म सञ्चालन भएको सो कार्यक्रमको सभाध्यक्ष आयोजकका अध्यक्ष सबिन तामाङको रहेको थियो भने प्रमुख अतिथि वडा नं. १० अध्यक्ष जीवन खतिवडा रहनुभएको थियो । खतिवडाले वडामा यस खालको कार्यशाला अझ व्यवस्थित तरिकाले गर्दै लाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडाका आदिवासी महिला पुरुष गरी कार्यशालामा जम्मा ५० बढीको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । यस्तैगरी प्रशिक्षक काजीमान तामाङ थिङलाई आयोजकका तर्फबाट सम्मान गरिएको थियो । सुमन कुरुङबाङले सञ्चालन गरेको सो समापन कार्यक्रममा विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरु र वडा सदस्य दिलबहादुर कार्कीको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर