पथरी शनिश्चरे आइडल : पहिलो अडिसन हसन्दहमा - Crazysaptahik.com

पथरी शनिश्चरे आइडल : पहिलो अडिसन हसन्दहमा

क्रेजी समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरेमा प्रथम पटक शुक्रबारबाट पथरी शनिश्चरे नगर स्तरीय खुला सिंगिङ तथा डान्सिङ आइडल २०८२ को अडिसन सुरू भएको छ ।
वि.सं. २०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा गायन र नृत्यको आइडल सुरू भएको हो । समितिका अध्यक्ष धनराज राईले चार चरणमा हुने प्रतियोगिताको पहिलो चरणको खुला अडिसन बैशाख २६ गते शुक्रबार हसन्दह बजारमा भएको प्रतियोगितामा नृत्यमा ५० जना र गायनमा १२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा संगीत संयोजक अर्जुन सेन्चुरी र नृत्य संयोजक राम बिकले प्रतियोगिताको संयोजन गर्नुभएको थियो ।
पहिलो चरण अन्तर्गत २७ गते आज पथरी बहुमुखी क्याम्पसमा अर्को अडिसन हुनेछ । उहाँले नगर बाहिर बस्ने नगरवासीका लागि भनें भर्चुअल अडिसन समेत गरिने उल्लेख गर्नुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.