पथरी शनिश्चरे आइडल सिगिंङ/डान्सिङ रियालिटी शो को अडिसन धमाधम - Crazysaptahik.com

पथरी शनिश्चरे आइडल सिगिंङ/डान्सिङ रियालिटी शो को अडिसन धमाधम

क्रेजी संवाददाता
पथरी । ‘प्रतिभा पहिचान, पथरी शनिश्चरेको शान’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे आइडल सिगिंङ/डान्सिङ रियालिटी शो को अडिसन धमाधम भइरहेको छ । पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा सो रियालिटी शो आयोजना भइरहेको छ ।
आज पथरी शनिश्चरे–१ को पथरी बहुमुखी क्याम्पसमा सिंगिङ र डान्सिङ दुवै विधाको अडिसन सम्पन्न भएको छ । पथरी शनिश्चरे कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा भइरहेको शो रियालिटी शो मा नृत्य विधामा जम्मा सहभागी संख्या १ सय १४ जना, छनौट चरण पार गर्ने ४८ जना, गायन विधामा जम्मा सहभागी संख्या १ सय २ जना छनौट चरण पार गर्नेको संख्या ५७ जना रहेको छ । यसैगरी डिजिटल अडिसनको नतिजा भोलि बेलुका सम्ममा सार्वजनिक गरिने आयोजकका सचिव लक्ष्मीप्रसाद फुयलले जानकारी दिनुभयो ।
दोस्रो चरणको छनोट कार्यक्रम जेठ ३ गते पथरी बहुमुखी क्याम्पसमा हुनेछ, जसबाट उत्कृष्ठ २०/२० जनाको छनोट गरिने छ । तेस्रो चरण जेठ १० गते एभरेष्ट बोर्डिङमा सञ्चालन गरी उत्कृष्ठ १०/१० जना छानिनेछन् । त्यसपछि बन्द प्रशिक्षण समेत सञ्चालन सकेपछि चौथो तथा फाइनल चरण जेठ २४ गते हरियाली सामुदायिक वन समूहको हलमा हुने तय भएको छ ।
फाइनलमा दुबै विधाका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रमको समापनका दिन नगर क्षेत्रका एकजना सर्जकलाई नगद २५ हजार, मुहारचित्र र सम्मानपत्रले सम्मानित समेत गरिने कार्यक्रम रहेको पनि जानकारी गराइएको छ ।

सम्बन्धित खवर