सर्बाधिक हेरियो गलबन्दि - Crazysaptahik.com

सर्बाधिक हेरियो गलबन्दि


क्रेजी साप्ताहिक
लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबमा सबैभन्दा बढी हेरीएको छ । ६ दिन अघि गायक सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियो अहिले  ४९ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् भने यहि हेराइबाट ट्रेण्डिङ् नंबर १ मा समेत पुगेको छ ।
बियोगान्त ‘बोलमाया’ गीतबाट सर्वा्धिक चर्चा कमाएका सपुत त्यसकै प्रिसिक्वेलको रुपमा ‘गलबन्दी’ तयार गरेको बताउँछन्। यस गीत र म्युजिक भिडियोबाट गाउँको पुरानो रोदी घरको मौलिक परम्परालाई सम्झाउन प्रयत्न गरेको उनको भनाई छ।

दोहोरी ब्याटल जस्तो दोहोरीकै शैलीमा नयाँ प्रयोग गरेर चर्चा र विवाद दुवै झेलेका प्रकाशलाई लोक दोहोरीको क्षेत्रमा ‘ट्रेन्ड चेन्जर’को रुपमासमेत लिन थालिएको सर्जक सुवास रेग्मी बताउँछन् । सपुतको स्वर, शब्द तथा संगीत रहेको गीतमा शान्ति श्री परियारले आवाजमा साथ दिएकी छन् । प्रकाश आफैले निर्देशन गरेको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारीको अभिनयले सर्वत्र चर्चा बटुलेको छ।

भिडियोको कथाले यो गीतमा मात्रै नभएर उनको आगामी गीत ‘बोल माया—२’ आउने समयको समेत प्रतिक्षा गर्न बाध्य पारेको छ। फिल्ममा सिक्वेलको प्रचलन भए पनि दोहोरी गीतमा नयाँ प्रयास गरिएको र श्रोता दर्शकले अत्यधिक मन पराएपछि निकै उत्साहित भएको सपुतले बताए । यस अघिका उनका २ ब्याटल गित पनि दर्शकले अत्यधिक हेरीएको भिडियो मध्येको लिष्टमा अटाएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.