प्रदेश स्तरीय सीएम कन्दङ्वा स्मृति टी–ट्वान्टी क्रिकेटको उपाधी ब्लुस्टारको पोल्टामा - Crazysaptahik.com

प्रदेश स्तरीय सीएम कन्दङ्वा स्मृति टी–ट्वान्टी क्रिकेटको उपाधी ब्लुस्टारको पोल्टामा

All-focus

क्रेजी साप्ताहिक पथरी ।१ नंबर प्रदेशस्तरिय सीएम कन्दङ्वा स्मृति टी –ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको ब्लु स्टार क्रिकेट क्लवको पोल्टामा परेको छ ।साविक उप विजेता पथरीशनिश्चरे क्रिकेट क्लवलाई ५० रनले हराउँदै ब्लु स्टारले उपाधी जितेको हो । टस हारेर ब्याटिङ गरेको ब्लुस्टार बिराटनगरले १९ दशमलब २ बल खेल्दै १२८ रन जोडेको थियो । ब्लुस्टारका बीरेन्द्र झा, बिधान गोस्वामी र रोवन रोयले समान २२र२२ रनको योगदान गरे । यस्तै कप्तान मुन्ना मेन्डीसले ११ र राजन रोयले १२ रन बटुल्न सफल भए । पथरीशनिश्चरेका सुरज न्यौपानेले ३ विकेट र शंकर भुजेल, राकेश दाहाल र सुमन न्यौपानेले २र२ विकेट लिए ।

१२९ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रिएको पथरीशनिश्चरे १७ ओभर ४ बल खेल्दै ७८ रनमा समेटियो । पथरीशनिश्चरेका लागि सुरज न्यौपानेले २८ रन र विनोद श्रेष्ठले ११ रन बाहेक अरु कुनै खेलाडीले दोहोरो अङ्कको स्कोर बनाउन सकेनन् । पथरीशनिश्चरेलाई सस्तैमा अलआउट गर्दा खेलका म्यान अफ द म्याच घोषित विराटनगरका अमन सिंह राजपुत ४ विकेट लिँदै नायक बन्ने । यस्तै मुन्ना मेन्डिसले पनि ३ विकेट लिए ।

जितसँगै विराटनगको ब्लुस्टार क्रिकेट कलवले ५५ हजार ५ सय ५५ रुपियाँ नगद सहित ट्रफि हात पारेको छ भने उप विजेता आयोजक पथरीशनिश्चरे क्रिकेट कलवले ३३ हजार ३ सय ३३ रुपियाँ नगद सहित ट्रफि हात पा¥यो । यस्तै खेल अवधिमा ८४ रन र ४ विकेट लिएका पथरीशनिश्चरेका सुरज न्यौपानेले मेन अफ द सिरिजको उपाधि प्राप्त गरे । यसैगरी खेल अवधिमा ८७ रन जोड्न सफल विराटनगरका वीरेन्द्र झाले बेष्ट ब्याट्स मेनको उपाधि जिते । प्रतियोगिताको बेष्ट बलरको उपाधि १० विकेट लिने पथरीशनिश्चरेका शङ्कर भूजेलले हात पारे । उनीहरूले ट्रफि सहित २ हजार ५ सय नगद समेत प्राप्त गरे ।

गत जेठ ११ गते देखि सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का १६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रथम पुरस्कार पथरीशनिश्चरे १ को रभरेष्ट माध्यमिक विद्यालयले प्रायोजन गरेको हो ।

सम्बन्धित खवर