‘म कम्युनिष्ट हुँ,जे गर्दा नि हुन्छ पत्रकारको नाक भाँच्छु मार्नलाई करोड छुट्टीयाएको छु’–मेयर द्धारिकलाल चौधरी - Crazysaptahik.com

‘म कम्युनिष्ट हुँ,जे गर्दा नि हुन्छ पत्रकारको नाक भाँच्छु मार्नलाई करोड छुट्टीयाएको छु’–मेयर द्धारिकलाल चौधरी


क्रेजी साप्ताहिक । प्रश्न सोध्दा पत्रकार कृष्ण बहाव भट्टराईलाई लोपारेर आलोचित इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले अर्का एक पत्रकारलाई धम्की दिएर थप चर्चामा आएका छन् । मेयर चौधरीले पत्रकार विराट अनुपमको नाकको हड्डी भाँचिदिने धम्की दिएका हुन् । फोनमा कुराकानी गर्ने क्रममा चौधरीले यसरी धम्की दिएका हुन्। ‘तिम्रो नाक भाँच्न एक करोड रुपैयाँ छुट्याइएको छु’, फोनमा धम्की दिँदै चौधरीले भनेका छन् । अनुपमले फेसबुकमा राखेको एउटा पोस्टमा ‘चाटुकार पत्रकार’ भनेर मेयर आफैँले कमेन्ट गरेका थिए । उनले किन यस्तो भन्नुभएको भनेर फोन गर्दा ‘अब तिम्रो नाकको हड्डी भाँच्छु, अनि मात्र मलाई शान्ति हुन्छ’ भन्दै धम्की दिएका हुन् । सिधाकुरा जनतासँग नामक एक कार्यक्रममा उनले आफू कम्युनिष्ट भएको र कम्युनिष्ट शाषनमा जे गर्न पनि हुने खालको प्रतिक्रिया समेत दिएका थिए ,
कर्मचारी कुटेपछि पत्रकारलाई लोपारेर उनी स्वास्थ्य उपचारका लागि भन्दै काठमाडौं हिँडेका थिए । काठमाडौंमै रहेका उनले उपमहानगरको कमजोरीबारे टिप्पणी गर्ने पत्रकारमाथि फेसबुकबाटै जाइ लाग्न थालेका हुन्। अनुपमलाई फोनबाट धम्की दिनुअघि उनकै फेसबुक पोस्टमा ‘अब तेरो पालो’ भन्दै चौधरीले धम्की दिएका थिए । पत्रकारालई धम्की दिएकोबारेमा चौधरीलाई उनले प्रयोग गर्ने दुवै मोबाइल नम्बरमा सम्पर्क गर्दा ‘यो नम्बर अहिले उपलब्ध छैन’ भन्ने सन्देश आएको छ । पटक पटक प्रयास गर्दा पनि मेयर चौधरीका दुवै मोबाइल नम्बरमा सम्पर्क हुन सकेन।

सम्बन्धित खवर