मेयर चौधरीको अत्याचार विरुद्ध पत्रकार महासंघ सुनसरीले गर्यो आन्दोलन घोषणा, उपमहानगरपालिकाको कुनैपनि कार्यक्रममा सहभागि नहुने - Crazysaptahik.com

मेयर चौधरीको अत्याचार विरुद्ध पत्रकार महासंघ सुनसरीले गर्यो आन्दोलन घोषणा, उपमहानगरपालिकाको कुनैपनि कार्यक्रममा सहभागि नहुने

क्रेजी साप्ताहिक । नेपाल पत्रकार महासंघ सुनुरीले इटहरीका पत्रकारहरु मेयर द्वारिकलाल चौधरीबाट असुरक्षित भएको भन्दै चौधरीविरुद्ध आन्दोलन घोषणा गरेको छ । महासंघ सुनसरीको हिजो बसेको बैठकले मेयर चौधरीबाट इटहरीका पत्रकारहरु असुरक्षित रहेको निष्कर्ष निकाल्दै आन्दोलन घोषणा गरेको हो । साथै बैठकले उपमहानगरपालिकाले गरेका कुनैपनि कार्यक्रममा सहभागिता नजनाउने समेत निर्णय गरेको छ ।

बैठकले पत्रकारहरुको सम्बन्धमा नेकपा र इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको आधिकारीक धारणासमेत माग गरेको छ । मेयर चौधरी नेकपाका नेता हुन् । अहिलेसम्म उनको पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । धम्कीकै कारण पत्रकार विराट अनुपम विस्थापित हुने अवस्थामा पुगेको महासंघले जनाएको छ । अनुपमको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा महासंघको टोली पुगेर आवश्यक व्यवस्था गरिदिन अनुरोध समेत गरेको छ ।

यसअघिपनि मेयर चौधरीले पत्रकारहरुमाथि दुव्र्यवहार गरेर पछि माफी मागेका थिए । तर आफूलाई फेसबुक कमेन्टमार्फत् मेयर चौधरीले गाली गरेपछि बु्झ्नको लागि अनुपमले फोन गर्दा नाकको हड्डी भाँचिदिने भन्दै मेयरले धम्की दिएका थिए ।
यता महासंघ प्रदेश समितिका अध्यक्ष बिक्रम लुईँटेलले समेत प्रदेश सरकारले मिसन टोली नै बनाउन लागेको जानकारी दिए । उनले सरकारले कानुन मार्फत् र स्थानीय तहमा भौतिक आक्रमणमार्फत् पत्रकारलाई तह लगाउन खोजेको आरोप लगाए । उनले पत्रकारिता क्षेत्रभित्र पनि समस्याहरु रहेको र त्यो सुधार भएर जानुपर्ने धारणा राखेका थिए । उनले समाचारमा चित्त नबुझे अन्य प्रक्रियाहरु हुँदा हुँदै भौतिक आक्रमणको धम्की दिनुले पत्रकारहरुमाथिको असुरक्षा बढाएको बताएका छन् ।

सम्बन्धित खवर