हावाहुरीले दुइको मृत्यु, ७५ जना घाइते - Crazysaptahik.com

हावाहुरीले दुइको मृत्यु, ७५ जना घाइते


क्रेजी साप्ताहिक ।
धनगढी र कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा गयराति आएको हावाहुरीले ठुलो भनमालको क्षति गरेको छ । हुरीबतासका कारण जनजीवन निकै प्रभावित बनेको छ । झण्डै एक घण्टासम्म चलेको हावाहुरीका कारण दुइजनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएको प्रहरी निरीक्षक प्रकाश डाँगीले जानकारी दिएका छन् । मृत्यु हुनेमा धनगढीका २७ वर्षिया बिरबहादुर चौधरी र लहानु चौधरी रहेका छन् । ठाउँ ठाउँमा रुख ढलेका छन् भने विजुलीका खम्बा ढल्दा विद्युत् आपूर्ति बन्द्य भएको छ ।

हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा सयौँ घरमा क्षति पुगेको प्रहरी निरीक्षक डाँगीले बर्ता । “क्षतिबारे अनुमान गर्न मुश्किल भएको छ, हामी क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उनले भने । यस्तै कञ्चनपुरमा समेत हावाहुरीबाट क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर