मापदण्ड विपरित डांगी कन्ट्रक्सन, खोला दोहनले बस्ती जोखिममा - Crazysaptahik.com

मापदण्ड विपरित डांगी कन्ट्रक्सन, खोला दोहनले बस्ती जोखिममा


क्रेजी साप्ताहिक

कानेपोखरी l मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकाको सिमानामा पर्ने डाँस खोला दोहनले बस्ती जोखिममा परेको छ । स्थानिय सरकारले बस्तीको अवस्था नबुझिकन खोला ठेक्का लगाउनाले दुई खोलाको डिलमा बसोबास गर्ने बासिन्दाको दुरी पातलिदै गएको छ ।

स्थानीय सरकारले बढी राजस्व संकलन गर्ने उदेश्यले खोलाको बस्तविक अवस्था मापन नगरी खोला ठेक्का लगाएकाले बस्ती संकटमा परेको छ ।
आर्थिक वर्ष सकिने बेला भएकाले ठेकेदारले खोलामा जथाभावी स्काईभेटर लगाएर माटोसरीको बालुवा निकाल्न थाले पछि स्थानीयहरु आक्रोसित हुदै उत्खनन रोकेका छन । ठेक्का पाएको डाँगि कन्टस्सनले खोलाबाट माटो सरिको बालुजा उठाएर स्ट्रोक गदै राखेको छ । जस्ले गर्दा दुई गाँउलाई जोड्ने दुईवटा बाटो बन्द भएको छ भने बर्खाको समयमा सहज वार पार गर्ने बाटो अहिले मान्छे डुबाउने भएको छ । खोला गहिरीएकाले र खोलाको बाटो काटेकाले स्कुल जाने बालबालीका र ओल्लो र पल्लो पालिका आवत जावत गर्न समस्या रहेको स्थानिय बताउछन ।

समस्या आए पछि खोला उत्खन्नमा डांगी कन्ट्रर्सन र स्थानिय बिच बिबाद आए पछि जिल्ला समन्यवलाई अनुगमन गरेर रिपोट देउ भनेर पत्र काटेको र उत्खन्न कार्य रोक्न आदेश दिएको कानेपोखरी गाँउपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । तर यता ठेक्केदार कम्पनी डांगी कन्ट्रर्सनले भने उत्खन्न कार्य रोकेको छैन । यता ठेक्केदार कम्पनी डांगी कन्टङर्सनका प्रोपाईटर विजय डांगी भने स्थानिय सरकारले लगाएको ठेक्का अनुसार काम गर्न बाधा आएकाले स्थानीय सरकारमा पटक पटक काम गर्ने बातावरण बनाईदिन निबेदन पेस गरेको बताए । डांगीले सो क्षेत्रमा जति पनि काम भएको छ त्यो स्थानियको सहमतिमा बाटो पुर्न र खोला सिधा पार्ने कार्य भएको बताए ।

सम्बन्धित खवर