राजनीति भित्र उदय हुने भ्रष्टाचार कानूनले रोक्न सक्दैन - Crazysaptahik.com

राजनीति भित्र उदय हुने भ्रष्टाचार कानूनले रोक्न सक्दैन

  • विनोद पाहिम

नेपालको राजनीतिक इतिहासको लामो कालखण्डसम्म राणाशासकहरुले वन्द समाज भित्र नेपाली जनतालाई रैति वनाएर राखे, २००७ सालको राजनीतिक परिवर्तन देखी २०४६ सालको बहुदलीय प्रजातन्त्रको पुन स्थापना पूर्व सम्म नेपाली जनता प्रजाको रुपमा वसेका थियौ,ँ किनकी यो अवस्थाको शासन व्यवस्थाको सँचालक परम्परागत वंशमा आधारित राजतन्त्र रहेको कसैवाट छिपेको छैन । त्यो समय अवधिमा एउटा निश्चित घेरा अर्थात एउटा सानो रेखाभित्र मात्र भ्रष्टाचार रहने गरेको थियो । किनकी माथी एउटा शक्तिशाली भय उत्पन्न गर्ने अंग रहेको एकातिर थियो भने अर्कोतिर देशको अर्थतन्त्रको श्रोत र आकार पनि सिमित थियो । आजको जस्तो केन्द्र देखि गाउँतहसम्म भ्रष्टाचार शव्द वगे्रल्ती सुनिदैन थियो, यो शव्द अलि दुर्लव नै थियो ।

आज देश लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली विधिवत प्रयोग भइरहँदा हामी नेपाली जनताको हैसियतभन्दा माथी उठ्न सकेको छैन अर्थात हामी नागरीकको हैसियतमा रुपान्तरण हुन सकेको छैन । हामी आफ्नो विवेकमा आधारित भएर बोल्न लेखन सकिरहेको छैन । राजनीतिक प्रणालीको नायकहरुनै प्रष्टाचारको वरिपरी घुमिरहेको देखिन्छ । प्रत्येक ठुलठुला भ्रष्टाचारसंग सम्वन्धि घट्नाहरुको प्रकृतिलाई नियाल्दा तथ्य र परिस्थिती त्यस्तै बोलिरहेको हुन्छ । हालसालै घनश्याम भुषालले नेपालमा भ्रष्टाचार दलहरुको राष्ट्रिय सहमतिमा हुने दावी गरेका हुन, तत्कालीन प्र.म गिरिजाकालीन लाउडा जहाज प्रकरण, वाइडवडी जहाज प्रकरण, एनसिएल लाभांस कर विवाद आदिलाई लिन सकिन्छ । ति विवादहरुमा ठुला राजनीतिक दलको ठुला नेताहरु केही वोल्न नचाहनुको अर्थ यो मुद्धातहमा राष्ट्रिय सहमति भएको छ भन्ने वुझ्न पर्ने हुन्छ ।

एकजना भारतिय पत्रकार शशीरथकरको विचार अनुसार भ्रष्टाचार दुइ प्रकारको हुन्छ पहिलो ग्राण्ड क्रप्सन अर्थात ठूलो आकारको भ्रष्टाचार हो । जुन सस्थागत रुपमा निर्णयवाट भएको हुन्छ यस्तो प्रकृतिको भ्रष्टाचार राजनीतिक प्रणलीकाृ प्रमूख चालकहरुको सहभागिता रहेको हुन्छ । नेपालको ठुलठुला अनियमिता वा आर्थिक अपराध राज्य वा संस्थाहरु माथि गरिएको हुन्छ । यसको उदाहरण एनसिएल लाभांस कर विवाद, वाइडवडी जहाज प्रकरणलाई लिन सकिन्छ । दोस्रो प्रकारको भ्रष्टाचारको जुन साधारण प्रकृतिको हुन्छ सर्वसाधरण मानिस सरकारी सेवा लिन जादा अड्डा, अदालतको कर्मचारी काम गरेवापतको गैरकानूनी रुपमा रकम असुल्ने प्रकृया साधारण भ्रष्टाचार भनेका छन वास्तवमा माथी उल्लेख भएको दुवै प्रकृतिको भ्रष्टाचार वाट लामो समयदेखि नेपाली समाज र राजनीतिक प्रणाली आक्रान्त भएको छ ।

नेपालमा ग्राण्ड क्रप्सनको अपराध गर्ने ब्यक्तिलाई त्यो अख्तियार नाम गरेको आयोगले कानुनी कारवाही गर्न सक्तैन किनकी उसलाई नियुक्ति दिलाउने व्यक्ति कार्यकारी शक्ति हातमा लिएर बसेको हुन्छ नेपालको उच्च राजनीतिक नेतृत्वमा आशीन ब्यक्ति कहिल्यै अख्तियारको नजर परेको दृष्टान्त छैन । नेपालमा अख्तियार भन्ने संस्था गम्भीर आर्थिक अपराधीलाई चोख्याउन.े अंग जस्तो मात्र भइरहेको छ । चीनमा राष्ट्रपति सिजिङपिङ सन् ११ मा शासन सत्तामा भएपछि सफा र पार्टी पंत्तिमा रहेर देशको कानुन ब्यवस्थाको उलंघन गरेर भ्रष्टाचार गर्नेहरुलाई सफायाको महा–अभियानको प्रकृया चलाएको थियो । सो क्रममा लगभग १० लाख व्यक्तिलाई कारवाही गरेको विभिन्न अन्तराष्ट्रिय संचार माध्ययमबाट प्रकाशन भएको थियो । त्यो राजनीतिक इच्छा शक्तिको सोच हो । त्यस्तै आजको आधुनिक सिंगापुर मलेसियावाट स्वतन्त्र भएको अवस्था देशको आर्थिक विकासको अवस्था त्यो समय नेपालको समान थियो । जब शासन व्यवस्था वर्तमान समयको प्रधानमन्त्रीको वावु लिक्वान यू ले आफ्नो हातमा सक्ता लिएर सिंगापुरलाई कठोरताको साथ अगाडि वडाउदैजाँदा एक दिन उनको सवै क्षेत्रमा सल्लाह सुझाव, दिने मन्त्री प्रिय मित्र एउटा भ्रष्ट्राचारको अभियोगमा मुछिए उनले प्रधानमन्त्री लिक्वान भू समक्ष बचाउन आग्रह गरेको अवस्थाले कानून भन्दा बाहिर जान नसक्ने जवाफ दिएपछि केही वर्षपछि प्रिय आफ्नो मित्रले जेल भित्र नै आत्महत्या गरेको भन्ने इतिहास छ ।

यहाँका निर्वाचित शासकहरु ठूलठूला भाषण गर्दछन् भनी जेल बसेको, संघर्ष गरेको भनेर जनतालाई सुनाउँदछन् । यसको अर्थ हामी संविधान कानुन भन्दा माथि हो हामीले जे गरे पनि हुन्छ भन्ने यिनीको भित्री मकसद भएको कारण आज हाम्रो राजनीतिक समाजको प्रत्येक एकाई र त्यसको चालकले भ्रष्टाचार प्रति सुन्य सहनशीलता शव्द एउटा खेलाउना जस्तो मात्र भएको छ । अव देश चलाउने राजनीतिक नेता होइन देश वनाउने कठोर इमान्दार, राजनीतिक इच्छा शक्तिको दोश्रो पुस्ताको नेताको आवश्यकता देशले महसुुस गरिरहेको छ ।

– पथरीशनिश्चरे–१, मोरङ

 

सारङ्गीले बोल्यो झ्याउकुरीको भाका । Simsar (Video)

https://www.youtube.com/watch?v=_Uz9uCO-UYY

सम्बन्धित खवर