‘शुभकामना ल्होसारको’ म्यूजिक भिडियो सार्वजनिक - Crazysaptahik.com

‘शुभकामना ल्होसारको’ म्यूजिक भिडियो सार्वजनिक

क्रेजी संवाददाता
पथरी । गायक नन्दु गुरुको आवाज र संगीत रहेको ‘शुभकामना ल्होसारको’ म्यूजिक भिडियो सार्वजानिक भएको छ । सिक्किम निवासी साङ्गे छो गुरुङके सो गीतको भिडियो एक औपचारिक कार्यक्रमको आयोजना गरी मंगलबार ‘प्रीमियर’ गरिएको हो ।
मुहा कृएटिभ स्टुडियोको प्रस्तुति रहेको सो गीत प्राथना रिसोर्ट उर्लाबारी मोरङमा सार्वजनिक गरिएको हो । ल्होसार पर्वको पूर्व सन्ध्यामा सार्वजनिक भिडियो प्रीमियर शोका प्रमुख अथिति रंगकर्मी जीवन बरालले कलाकारले समाजमा भए गरेका विषय बस्तुलाई विभिन्न विधावाट बाहिर ल्याउनु पर्ने सुझाए । बरालले मुलुक भित्र भएका विभिन्न पर्व मध्येको ल्होसार पर्वको विषयलाई गीतको अडियो मार्फत् आम समुदायका माझ पु¥याएकोमा खुशी ब्यक्त गरे ।
यसैगरी कार्यक्रमका विशेष अतिथि पथरी शनिश्चरे वडा नं. ३ का वडा अध्यक्ष विजय लिम्वु, म्यूजिक भिडियोका निर्देशक सोम मंग्रान्ती, प्रदिप दाहाल लगायतले म्युजिक भिडियोको विषयमा धारणा राखेका थिए । रामप्रसाद गुरुङको शब्द, अशोक थापाको एरेन्ज, राजु कार्कीको मिक्सिङ् रहेको ल्होसार गीत सिक्किमको रमणीय स्थानहरुमा छायांकन गरिएको छ । भिडियोलाई मुहासिं थापा मगरले खिचेका र सम्पादन गरेका हुन् ।

साङ्गे छो गुरुङ, लुजा गुरुङ, कुसुम गुरुङ, पवन गुरुङ, विन्ध्या लिम्बु, ललित गुरुङ, चेंगा शेर्पा, एन.वी. गुरुङ, यशोदा गुरुङ सिता, गुरुङ दृष्य गुरुङ, अभिषेक गुरुङ, सेलिना गुरुङ, प्रिया गुरुङ, ईन्दु गुरुङ, सरण गुरुङ, नरेश गुरुङ, अम्बर बहादुर गुरुङ, कविता गुरुङ देउमाया गुरुङ, नरमाया गुरुङ, अन्जु सुनुवार, दिपेन गुरुङ, कुन्तिमाया गुरुङ लगायतको अभिनय रहेको छ । देउकुमार गुरुङ सह–निर्माता, भूपाल गुरुङ र पवन गुरुङ निर्माता रहेकोे गीतमा ललित गुरुङले कोरियोग्राफी गरेका छन् । भिडियो जमर्को फिल्मबाट युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

म्यूजिक भिडियो :-

सम्बन्धित खवर