दोस्रो अध्यक्ष कपमा वडा नं. ३ विजयी - Crazysaptahik.com

दोस्रो अध्यक्ष कपमा वडा नं. ३ विजयी


क्रेजी साप्ताहिक
कानेपोखरी । खेलकुद विकास समिति कानेपोखरी मोरङको आयोजनामा भएको दोस्रो प्रतिष्ठित अध्यक्ष कप–२०७६ को दोस्रो दिनको खेलमा वडा नं. ३ विजयी भएको छ ।

आइतबार भएको खेलमा वडा नं. ३ ले वडा नं. ४ लाई शून्यको विरुद्ध २ गोलको अन्तरले विजयी भएको हो । मध्यान्तर अघि खेलको १० औं मिनेटमा वडा नं. ३ को तर्फबाट सागर लावतीले १ गोल लगाएका थिए । यस्तै खेलको २५ र्औ मिनेटमा उज्वल चौधरीले १ गोल थप्र्दै टिमलाई बलियो बनाएका थिए । मध्यान्तर पछि खेलमा भने दुवै पक्षका टिमले कुनै गोल गर्न सकेन ।
खेलको म्यान अफ दि म्याच उपविजेता टिमका गोल रक्षक किसन लिम्बु घोषित भएका थिए । लिम्बुले ट्रफि, मेडल पाएका थिए । सोमबारको खेल वडा नं. १ र ६ विच खेल हुने आयोजक समितिका संयोजक भूपाल श्रेष्ठले जनाए ।

संजीव गुरुङको संयोजनमा मितेरी युवा क्लबको व्यवस्थापनमा वडा नं. ७ को आइतबारे खेल मैदानमा हुदै छ । फुटबल खेलको विजेताले ८० हजार र उपविजेताले ५० हजार, ट्रफि,प्रमाण पत्र र मेडल पाउनेछन् ।

सम्बन्धित खवर