खोला उत्खननमा नगरको संलग्नता नरहेको नगर प्रमुखको भनाई (भिडियो सहित) - Crazysaptahik.com

खोला उत्खननमा नगरको संलग्नता नरहेको नगर प्रमुखको भनाई (भिडियो सहित)

क्रेजी साप्ताहिक
लेटाङ । पछिल्लो समय खोला उत्खननको विषयलाई लिएर आफ्नो नाम जोडी अर्नगल समाचार समप्रेषण गरेको भन्दै लेटाङ नगरपालिकाले खेद प्रकट गरेको छ । खोला उत्खननको विषयलाई आफ्नो नाम जोडेर विभिन्न अनलाइन र सामाजिक सञ्जालमा जथाभावी गालीगलौचमा केही मानिस उक्रिएको भन्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राई र उप–प्रमुख कृष्ण कुमारी निरौला सहितले सो समाचारप्रति आपत्ति जनाएका छन् । नगरपालिकाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सो समाचार जस्तो अनियमिततामा नगरपालिकाको कुनै संलग्नता नरहेको प्रष्टाएका छन् ।

नगरपालिकाका प्रमुख शंकर राईले आफूलाई बद्नाम गराउने खेलमा केही व्यक्ति लागेको आरोप लगाउदै सत्यतथ्य नबुझी समाचार लेख्नेहरुकै कारण आज देशमा अशान्ति फैलिने सम्भावना भएको जानकारी दिए । खोला कानून विपरित उत्खनन भएको भए छानविन गरी कारवाही गर्न सकिने अवस्था हुदाँ हुंदै जिल्ला समन्वय समितिको प्रत्यक्ष्य निगरानीमा भइरहेको खोला उत्खनन्मा आफूलाई मुछेको राईको भनाइ रहेको छ ।

नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले सञ्चार मिडियाहरुले नगरपालिकालाई बद्नाम गराउन खोजेको आरोप लगाएकी छिन् । आफूहरु धनकुटाको चौविसे गाउंपालिकाको मुढेवासमा त्यहाँको अध्यक्ष उपाध्यक्ष लगायत त्यहाँका स्थानीयसंग कामकै सिलसिलामा गएको भएता पनि मिडिया र सामाजिक सञ्जालले अतिरजिञ्त तरिकाले आरोप लगाउदै समाचार सम्प्रेषण गरेको जनाइन् ।

जिल्ला समन्वय समितिले आईई गर्ने वेलामा लामिटार सम्म गएको र त्यहाँ सम्म खोला उत्खननका लागि आई गरिएको उनको भनाइ रहेको छ । पहिलादेखि नै खोला खन्ने कामले अहिले क्रसर भएको क्षेत्रहरुमा मापदण्ड भन्दा बढी नै खनिएको अनुमान गर्न सकिए पनि प्राविधिकले चेकजाँच नगरी यसै भन्न नसकिने उनको भनाइ रहेको छ ।

खोला ठेक्काको विषयमा ठेक्का प्रक्रियामा बाहिर बाहिरै ठेकेदारहरु मिलेर आएपछि नगरपालिकाका मेयर उपमेयरले केही गर्न नसकिने उनको भनाइ रहेको छ । नगरपालिकाका इन्जिनियर भानुभक्त राईले जिल्ला समन्वय समितिको निगरानीमा चिसाङ खोलामा पूलदेखि मुनी ३ वटा र पूल माथी ४ वटा नाका गरी ७ वटा नाका प्रयोग गर्ने गरी आईई प्रतिवेदन तयार गरिएको बताए ।

भिडियो:

https://www.youtube.com/watch?v=u_i_MVcpARI

सम्बन्धित खवर