क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरेमा तीन दिने कोपोमिस अभिमुखीकरण तालिम आज (विहिबार)देखि सुरु भएको छ ।
पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा सहकारी कर्मचारी संगठन पथरी शनिश्चरे इलाका समिति मोरङले कोपोमिस अभिमुखीकरण तालिम आयोजना गरेको हो । पथरीशनिश्चरेका सहकारीहरुलाई लक्षित गरी आयोजना गरिएको तालिममा ३२ वटा सहकारीहरुले सहभागिता जनाएको छ ।
पथरीशनिश्चरे–२ मा अवस्थित वाल्मीकि माविको सभाहलमा भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पथरीशनिश्चरे वडा नं. २ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता याम गुरागाईले सहकारीले सह्रानीय कार्य गरेको बताउनुभयो । यस्तै विशिष्ट अतिथिद्वय जिल्ला सहकारी संघ लि. मोरङका सदस्य युवराज भट्टराई र जिल्ला वचत तथा ऋण सहकारी संघ लि. मोरङका उपाध्यक्ष बिना राईले आफ्ना कुरा राख्नुभएको थियो । यस्तै अथितिहरु राष्ट्रिय सहकारी बैंक शाखा उर्लाबारीका प्रवन्धक मुना केसी, सहकारी कर्मचारी संगठन उर्लाबारीका अध्यक्ष चक्र खड्काले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेका अध्यक्ष गणेश कुमार राईले सबै सहकारीहरुले अनिवार्य रुपमा कोपोमिस अभिमुखीकरण तालिम लिनुपर्ने बताउनुभयो । यसैगरी उद्घाटन कार्यक्रमको अन्त्यमा सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कल्याण बजगाईको प्रशिक्षकमा हुने सो तालिम जेठ ३२ गतेसम्म चल्नेछ ।
भिडियो कोपोमिस अभिमुखीकरण तालिम: