उर्लाबारीमा अन्धाधुन्ध खुकुरी प्रहार गरी हत्याको प्रयास - Crazysaptahik.com

उर्लाबारीमा अन्धाधुन्ध खुकुरी प्रहार गरी हत्याको प्रयास


क्रेजी साप्ताहिक । मोरङको उर्लाबारी—९ सिम्बुटोलमा एक युवामाथि सुतिरहेको ठाउँमा अन्धाधुन्ध खुकुरी प्रहार भएको छ । सेम्बुटोलका इन्द्रहाङ शेर्मालाई सोहि वडा कै प्रकाश थापाले हिजो राति १२ बजेतिर ज्यानमार्ने उदेश्यले अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् ।
इन्द्रहाङको घाँटी ,छाती लगायत शरिरको बिभिन्न भागमा चोट लागेको दाजु सुरेन्द्र शेर्माले बताए । झण्डै पाँचथर घटना जस्तै घट्यो,गर्मीले भाई बाहिर सुतेकै ठाउँमा ज्यान मार्ने गरी खुकुरी प्रहार भएको छ , दाजु सुरेन्द्र शेर्माले भने, खुकुरी प्रहार गरी फरार थापालाई राति नै खोजि गरी गरी प्रहरीको जिम्मा लगाएका छौ । अहिले इन्द्रहाङको उपचार झापाको विएण्डसी हस्पिटलमा भईरहेको छ भने थापालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ । गाउँमा मरिमराउ भएको घरमा सोहि राती प्रकाश र इन्द्रहाङको सामान्य विवाद भएको थियो । त्यहि रिसमा प्रकाशले घरमै गएर आक्रमण गरेको हुन सक्ने बताइएको छ । यद्यपि, प्रहरीको अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर