यायोक्खाले ९ वटा विभगीय प्रमुख तोक्यो - Crazysaptahik.com

यायोक्खाले ९ वटा विभगीय प्रमुख तोक्यो


क्रेजी साप्ताहिक
काठमाडौ । किरात राई यायोक्खाको जेठ ३१ बसेको केन्द्रीय सचिवालय बैठकले ९ वटा विभागीय प्रमुख र ७ उपसमितिको संयोजकहरु तोकेको छ ।

जसमध्ये संगठन विभग प्रमुखमा उपमहासचिव भीम राई, प्रचार विभाग प्रमुखमा सचिव अर्जुन जम्नेली राई, अनुशासन विभागमा उपमहासचिव शुभचन्द्र राई, विदेश विभागमा उपाध्यक्ष जीवन हाताचो राई, सचिवहरु कृष्ण, हेमन्त, दोर्पध्वज राई र मातृका राईलाई क्रमशः जैविक तथा प्रकृतिक स्रोत संरक्षण, शैक्षिक, कानून र महिला विभागमा प्रमुख, आर्थिक विभागमा कोषाध्यक्ष देवान राई चयन भएका छन् ।
यस्तै उपाध्यक्षहरु तिलकप्रसाद राई, ज्ञानबाहादुर राई, टिकासरी राई, राकेश राई र जीवन हाताचो राईलाई क्रमशः किरात प्रदेश अभियान उपसमिति, अक्षयकोष व्यवस्थापनमा र भाषिक तथा थरगत उपसमिति सामाजिक कल्याण तथा जातीय संस्था समन्वय समिति र भातृ संस्थाहरुको संयोजकको जिम्मेवारी तोकिएको महासचिव जनक राईले जानकारी दिए । भाषा, धर्म तथा संस्कृति र प्राज्ञ परिषदमाको संयोजक महासचिव जनक राई जिम्मेवारी दिइएको छ ।

बैठकले केन्द्रीय सदस्यहरुलाई जिल्ला इन्चार्जहरु समेत तोकेको छ । झापामा इन्द्रमान, मोरङमा नवीन राई, सुनसरीमा कमला राई, ताप्लेजुङमा मनोज वान्तावा, इलाममा प्रेम नाछिरिङ, धनकुटामा अस्मिका राई, उदयपुरमा विमल किरांती, भोजपुरमा तारा राई, खोटाङमा अन्जना राई, काठमाडांैमा दिलिप वान्तावा राई, ललितपुर कपिल राई, भक्तपुर राकेश चाम्लिङ राई, बारा, पर्षा, मकवानपुर सर्वद्धन राई र सिराहा (सप्तरीमा युवराज राईलाई इञ्चार्ज तोकेको छ । सोलुखुम्बु ओखलढुंगा उपाध्यक्ष जीवन हाताचो राई, कैलली, सल्यान, पाल्पा उपमहासचिव भीमराज राई, संखुवासभा सचिव मातृका राई र तेह्रथुम कोषाध्यक्ष देवान राईलाई इन्चार्ज तोकिएको यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले जानकारी दिए ।

बैठकले प्रदेश १ को नाम किरात राख्न अभियान अझ तीव्र बनाउने र हाङ यलम्बरको मूर्तीमा एकरुपता ल्याउन पहल गर्ने लगायतको निर्णयहरु गरेको अध्यक्ष राईले जनाए । यायोक्खाको १० आंै महाधिवेशन फागुन १८, १९ र २० गते सुनसरीको धरानमा भएको थियो ।

सम्बन्धित खवर