लर्डबुद्धद्वारा छात्रवृत्ती प्रदान - Crazysaptahik.com

लर्डबुद्धद्वारा छात्रवृत्ती प्रदान


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्डबुद्ध सहकारी संस्थाले दुई गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको छ । वित्तीय कारोबार गर्दै आएको संस्थाले विहिबार पथरीशनिश्चरे ७ चन्द्र किरातेश्वर माध्यमिक विद्यालयका १ छात्र १ छात्रालाई वार्षिक रुपमा लाग्ने सम्पर्ण खर्च उपलब्ध गराएको हो । छात्रवृत्ती प्राप्त गर्नेमा कक्षा–१० मा अध्ययनरत योमन लिम्बु र कक्षा–९ मा अध्ययनरत जसमाया लिम्बु रहेका छन् ।

योमन र जसमाया दुर्व आर्थिक अवस्था अत्यन्त नाजुक र अध्ययनमा तेस्रो स्थान हासिल गर्दै आएका छन् । योमनका बाबु दुवै किड्नी फेल भएर डाईलोसिस गर्दै बसेका छन् भने योमन आर्थिक अभावका कारण आफन्तकोमा बसेर धेरै विद्यालय फेरी १० दश कक्षा सम्मको अध्ययन गर्दै आएका छन । यस्तैगरी जसमायाको घरायसी अवस्था अत्यन्तै कमजोर बुबा आमा ज्याला मजदुरी गर्ने गर्छन् भने आफ्नो घर जग्गा नभएकाले अरुकै शरणमा बस्दै आएका छन् ।

लर्ड बुद्ध साकोसले आफ्नो कार्यक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई हौसला प्रदान गर्दै वार्षिक नीति तथा कार्य बनाएर छात्रवृत्ति गर्दै जाने संस्थाका व्यवस्थापक गणेश बाछाना राईले जानकारी दिनुभयो । लर्ड बुद्ध साकोसले हरेक वर्ष यस किसिमको सहयोग गर्दै आइरहेको छ ।

सम्बन्धित खवर