सुन जडित आइफोन खेलाडीहरुलाई ! - Crazysaptahik.com

सुन जडित आइफोन खेलाडीहरुलाई !


क्रेजी साप्ताहिक
काठमाडौं । युरोपियन च्याम्पियन लिभरपुलले आफ्ना सबै खेलाडीहरुलाई सुन जडित आइफोन १० दिने भएको छ ।
च्याम्पियन्स लिगको उपाधि जितेको कारण लिभरपुलका हरेक खेलाडीलाई २४ क्यारेट सुन जडित आइफोन १० दिन लागिएको डेलीमेलले लेखेको छ । जुन फोनका मूल्य ३ हजार ५०० पाउन्ड पर्छ । लिभरपुलका च्याम्पियन्स लिग टिमका सबै सदस्य, प्रशिक्षक र अफिसियलका लागि २८ वटा फोन तयार भएको छ ।

त्यसमा उनीहरुको नामका साथै जर्सी नम्बर पनि उल्लेख छ । लिभरपुलले यो सिजन टोटनहृयामलाई २–० गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको थियो । ६ पटकको च्याम्पियन लिभरपुलले पछिल्लो पटक सन् २००४–०५ मा च्याम्पियन्स लिग जितेको थियो ।

सम्बन्धित खवर