मेलमिलाप केन्द्रको क्षमता विकास तालिम सम्पन्न - Crazysaptahik.com

मेलमिलाप केन्द्रको क्षमता विकास तालिम सम्पन्न


क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा मेलमिलापकर्ताहरुका लागि २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । नगरपालिकाको महिला विकास शाखाको आयोजनामा नगरमा स्थापित मेलमिलाप केन्द्रका मेलमिलापकर्ताहरुका लागि २ दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ ।

लैंगिक हिंसा निवारणमा न्यायिक समितिको भूमिका निर्वाह गर्ने मेलमिलापकर्तालाई प्रदान गरिएको तालिमको समापन नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले गरेकी छिन् । कार्यक्रम बोल्दै उनले नगरमा अवका दिनमा समेत न्याय सम्पादनका बारेमा पुनतार्जगी तालिमहरु सञ्चालन गर्दै न्याय सम्पादनलाई चुस्त वनाउँदै जाने समेत वताइन ।

तालिमका सहभागि रुक्मिणा बजगाईं र घनश्याम भट्टराईले तालिमको उपयोगिताका बारेमा चर्चा गरेका थिए । १० वटा वडामा गठित मेलमिलाप केन्द्रका ३० जना बढीको सहभागिता रहेको तालिमको सहजिकरण अधिवक्ता रुकमिणा दहाल र विमला भट्टराई वस्नेतले गरेका थिए ।

सम्बन्धित खवर