पथरीशनिश्चरेमा अर्को शव फेला - Crazysaptahik.com

पथरीशनिश्चरेमा अर्को शव फेला


क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरेको जंगलमा फेरि अर्को शव फेला परेको छ । सोमबार पथरीशनिश्चरे २ मा अवस्थित सुन्दर सामुदायिक वनको जंगलमा अन्दाजी ४५÷५० वर्षीय पुरुषको शव फेला परेको हो ।

शवको विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन । रातो टिसर्ट र पेन्ट आधाभाग खोलिएको अवस्थामा फेला परेको छ । आर्यन मुलको जस्तो देखिने सडिएको अवस्थामा शव भेटिएकोले पहिहचान हुन नसकेको इप्रका पथरीका प्रहरी निरीक्षक सुवास भट्टराईले जानकारी दिए ।

शवलाई जंगल जाने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई सूचना दिएका थिए । पथरी क्षेत्रमा यस अघि पनि सडिएको अवस्थामा शवहरु धेरै चोटी भेटिएको प्रहरीको तथ्याङ्कमा धेरै रहेको छ ।

 

हेर्नुहोस् भिडियो :

 

https://www.youtube.com/watch?v=f_l1ReG53lY&fbclid=IwAR06_qFMz67l6LtObZQWASf3hJm6SKP2RIxL6YS7NL7BG1i5_fp3R5Qz-rc

सम्बन्धित खवर