कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता - Crazysaptahik.com

कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता

 

क्रेजी साप्ताहिक । कर्णाली नदीमा आज जीप खस्दा १५ जना वेपत्ता भएका छन् । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप दुर्घटना भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार थिए ।

सहायक प्रजिअ पोखरेलले खार्पु मन्दिरबाट गाउँपालिकाको सदरमुकाम जाँदै गरेको लु १ क ७१६६ नम्वरको बोलेरो जीप बेलरुख नजिकैबाट १२ः४५ बजे कर्णाली नदीमा खसेको बताए । नदीमा खसेको जीपको खोजी भइरहेको छ । उद्दारका लगि सदरमुका सिमीकोटबाट पाँच वटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई घटनास्थलमा पठाइएको छ । थप जानकारी आउन बाँकी छ ।

सम्बन्धित खवर