चौंथो रोधीं सांगीतिक सौगात भव्य हुने - Crazysaptahik.com

चौंथो रोधीं सांगीतिक सौगात भव्य हुने


कोरिया । तमु धीं कोरियाले यस वर्षको कोरियन चाड छुसकको अवसर पारेर ‘चौंथो रोधीं सांगीतिक सौगात’ आयोजना गर्ने भएको छ । दीर्घकालिन सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापना सहयोगार्थ हेतुका साथ आगामी सेप्टेम्बर १३ छुसकको दोस्रो दिनमा कार्यक्रम गर्ने भएको हो ।

जुन १६ मा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया र कोरियामा अवस्थित छाता संस्था नेपाली सम्पर्क समितिले छुसकका लागि गरेको कार्यक्रम बाँडफाँडपछि तमु धीं कोरियाले अनुमति पाए बमोजिम कार्यक्रमका लागि प्रारम्भिक चरणको बैठक सम्पन्न सँगै मूल आयोजक समिति गठन गरेको छ । जस अन्तर्गत संस्थाका केन्द्रीय अध्यक्ष जितबहादुर गुरुङ संयोजक, थेगु शाखा अध्यक्ष हर्क गुरुङ सह–संयोजक, ख्यङ्साङ्नाम्दो शाखा अध्यक्ष अनिश गुरुङ सह–संयोजक साथै अन्य धेरै व्यक्तित्वहरु सदस्यमा चयन गरिएको छ । आगामी बैठकमा विभिन्न समिति, उप–समितिहरु गठन गरिने संस्थाका केन्द्रीय महासचिव लेसन गुरुङले जानकारी दिए ।

यस पटकको कार्यक्रम पनि भव्य र सभ्य रुपमा सफल पार्न आयोजकले कोरियामा अवस्थित सम्पूर्ण संघ संस्था एवं नेपाली दाजुभाइ दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्न हार्दिक अनुरोध गरेको छ ।

सम्बन्धित खवर