पथरीशनिश्चरेमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु - Crazysaptahik.com

पथरीशनिश्चरेमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु


क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेमा पनि आजबाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । नगर प्रमुख दिलिपकुमार राईले नगरकै पहिलो कार्यक्रमका रुपमा वडा नम्वर ४ मा कार्यक्रम सुरु गरेका छन ।बेरोजगारहरुका लागि रोजगारमा सहयोग पु¥याउने उद्धेश्यले सरकारले ल्याएको कार्यक्रममा नगरका १० वडाका २०÷२० जनाका दरले २ सय जनालाई नगरभित्र आवश्यक काममा रोजगार बनाउने उनले बताए ।

कार्यक्रममा सो वडाका वडाध्यक्ष गोविन्दवहादुर भण्डारी सहितले मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय सरकारले समेत वडा वडामा रोजगारका कार्यक्रम तय गरेको बताए । ४ नम्वर वडामा पैनी सरसफाई, सडक मर्मत सहितका कामको योजना बनेकोमा नगर प्रमुख राईको समेत सहभागितामा पैनी सरसफाई कार्यक्रम थालिएको छ ।

सम्बन्धित खवर